Door43-Catalog_ne_tn/1co/05/06.md

2.3 KiB

तिमीहरूको घमण्‍ड ठीक होइन

“तिमीहरूको घमण्‍ड खराब हो”

के थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्‍ने तिमीहरू जान्दैनौ ?

जसरी थोरै खमिर जम्मै रोटीमा फैलन्छ, त्यसै गरी थोरै पापले विश्‍वासीहरूको सम्पूर्ण सङ्गतिलाई नै असर पार्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ख्रीष्‍ट, हाम्रा निस्तार-चाडको थुमाको बलिदान भइसकेको छ

जसरी निस्तारको थुमाले विश्‍वासद्वारा प्रत्येक वर्ष इस्राएलीहरूका पापलाई ढाक्‍ने गर्थ्यो, त्यसरी नै ख्रीष्‍टको मृत्युले ख्रीष्‍टमा विश्‍वास गर्नेहरूको पापलाई विश्‍वासद्वारा अनन्तताको लागि ढाक्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “प्रभुले ख्रीष्‍ट, हाम्रा निस्‍तारचाडको थुमाको बलिदान गरिसक्‍नुभएको छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनुवादका शब्‍दहरू