Door43-Catalog_ne_tn/1co/03/10.md

2.7 KiB

परमेश्‍वरको अनुग्रह अनुसार जुन मलाई दिइएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई सितैँमा दिनुभएको कामअनुसार” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मैले जग बसालेँ

पावलले विश्‍वास र येशू ख्रीष्‍टमा उद्धारको बारेमा भएको उनको शिक्षालाई कुनै घरको जग हाल्ने कामसँग बराबर देखाउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अर्कोले त्यसमाथि निर्माण गर्दै छ

त्यो समयमा कोरिन्‍थहरूलाई शिक्षा दिंदै गरेका मानिसहरूका विषयमा तिनीहरू जगमाथि घर निर्माण गरिरहेका सिकर्मीहरू जस्‍तै हुन् भनी पावलले उल्‍लेख गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हरेक मानिसले ...

यसले सामान्य तवरमा परमेश्‍वरका कामदारहरूलाई जनाउँदछ । वैकल्पिक अनुवादः “हरेक व्यक्ति जसले परमेश्‍वरको सेवा गर्दछ”

जुन जग बसालिएको छ, त्‍यसबाहेक अर्को जग फेरि कसैले पनि बसाल्‍न सक्‍दैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “म, पावलले बसालेको जगबाहेक अर्को जग फेरि कसैले पनि बसाल्‍न सक्‍दैन” वा “जो कसैले बसाल्‍न सक्‍ने एउटै मात्र जग मैले पहिले नै बसालिसकेको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू