Door43-Catalog_ne_tn/1co/02/intro.md

2.0 KiB

१ कोरिन्थीहरू ०२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले २:९ लाई र २:१६ को पहिलो पङ्क्तिलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटका उद्धरणहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

बुद्धि

मानवीय बुद्धि र परमेश्‍वरको बुद्धिलाई विपरीत भएको देखाउँदै पावलले पहिलो अध्यायबाटको बहसलाई निरन्तरता दिन्छन् । पावलको लागि बुद्धि भनेको साधारण हुन सक्छ । उनले भने कि पवित्र आत्माबाटको बुद्धि मात्रै साँचो बुद्धि हो । मानवीय विचारहरू मूर्ख छन् । पावलले पहिले नजानिएका सत्यताहरूलाई जनाउनको लागि “लुकेको बुद्धि” भन्‍ने पदावलीको प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/wise]] अनि [[rc:///tw/dict/bible/kt/foolish]])

सम्बन्धित खण्‍डहरूः

<< | >>