39 lines
4.8 KiB
Markdown
39 lines
4.8 KiB
Markdown
# १ कोरिन्थीहरू ०१ सामान्य टिपोटहरू
|
|
|
|
#### संरचना र ढाँचा
|
|
|
|
१ कोरिन्थीहरूको पहिलो हरफ प्राचीन पूर्व नजिक क्षेत्रमा पत्र सुरु गर्ने सामान्य तरिका थियो ।
|
|
केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्न रोज्छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १:१९ का पङ्क्तिहरूलाई अलग राख्छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।
|
|
|
|
#### यस अध्यायमा भएका विशेष अवधारणाहरू
|
|
|
|
##### बेमेल
|
|
|
|
यस अध्यायमा, पावलले मण्डलीलाई तिनीहरूको बेमेल र विभिन्न प्रेरितहरूलाई पछ्याएको बारेमा तिनीहरूले गरेका दाबीहरूको कारण हप्काउँछन् । (हेर्नुहोस्ः [[rc://*/tw/dict/bible/kt/apostle]])
|
|
|
|
##### आत्मिक वरदानहरू
|
|
|
|
आत्मिक वरदानहरू ख्रीष्टिएनहरूलाई तिनीहरू येशूमा विश्वासमा आइसकेपछि तिनीहरूलाई दिइएका निर्दिष्ट अलौकिक क्षमताहरू हुन् । यो आत्मिक वरदानहरूको एउटा पूर्ण सूची होइन । केही विद्वानहरूले विश्वास गर्छन् कि यी वरदानहरूमध्ये केही चाहिँ सुरुको मण्डलीमा मात्र दिइएको थियो किनभने तिनीहरू मण्डली विकासको लागि मूलभूत कुराहरू थिए । (हेर्नुहोस्ः [[rc://*/tw/dict/bible/kt/faith]])
|
|
|
|
#### यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
|
|
|
|
##### उपमाहरू
|
|
|
|
पृथ्वीमा ख्रीष्टको पुनरागमनलाई दुई धेरै भिन्न पदावलीहरूमा उल्लेख गरिएको छः “हाम्रा प्रभु येशू ख्रीष्टको प्रकाश” र “हाम्रा प्रभु येशू ख्रीष्टको दिन” । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
|
|
|
|
##### आलङ्कारिक प्रश्नहरू
|
|
|
|
पावलले तिनीहरूलाई टुक्राटुक्रामा विभाजित भएकोमा गाली गर्नलाई र परमेश्वरको योजनाहरूलाई बुझ्नलाई मानवीय बुद्धि मात्रै पर्याप्त छैन भन्नलाई आलङ्कारिक प्रश्नहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
|
|
|
|
#### यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
|
|
|
|
== ठेस खुवाउने ढुङ्गो ==
|
|
ठेस खुवाउने ढुङ्गो भनेको एउटा ढुङ्गा वा जसमा मानिसहरू ठेस खान पुग्छन् । यहाँ यसको अर्थ हो कि परमेश्वरले उहाँको मसिहलाई क्रूसमा झुण्डिन दिनुहुने थियो भन्ने कुरा विश्वास गर्न यहूदीहरूलाई समस्या भएको छ र त्यसैले विश्वास गर्नलाई इन्कार गर्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
## सम्बन्धित खण्डहरूः
|
|
|
|
* __[१ कोरिन्थीहरू ०१:०१ टिपोटहरू](./01.md)__
|
|
* __[1 Corinthians intro](../front/intro.md)__
|
|
|
|
__| [>>](../02/intro.md)__
|