Door43-Catalog_ne_tn/1co/01/04.md

3.6 KiB

जोड्ने कथनः

पावलले विश्‍वासीहरूले उहाँको आगमनको प्रतिक्षा गर्दा उनीहरूको पद र ख्रीष्‍टमा भएको संगतिको बारेमा वर्णन गर्छन् ।

ख्रीष्‍ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्‍वरको अनुग्रहको कारण

पावलले अनुग्रहलाई कुनै भौतिक वस्‍तुजस्‍तो भएको कुरा गर्छन् जुन येशूले ख्रीष्‍टिएनहरूलाई वरदानका रूपमा दिनुहुन्‍छ । वैकल्पिक अनुवादः “किनभने ख्रीष्‍ट येशूले परमेश्‍वरलाई तिमीहरूप्रति दयालु हुन सम्भव बनाउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँले तिमीहरूलाई धनी बनाउनुभएको छ

सम्भावित अर्थहरू हुन् १) “ख्रीष्‍टले तिमीहरूलाई धनी बनाउनुभएको छ” वा २) “परमेश्‍वरले तिमीहरूलाई धनी बनाउनुभएको छ”

हर प्रकारले धनी बनाउनुभएको छ

पावलले साधारण शब्‍दमा कुरा गरेका हुन् । वैकल्पिक अनुवादः “सबै प्रकारका आत्मिक आशिष्‌ले धनी बनाउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

सारा बोलीमा

अरूलाई परमेश्‍वरको सन्देश विभिन्‍न तरिकाले बताउनको लागि परमेश्‍वरले तिमीहरूलाई सक्षम बनाउनुभएको छ ।

सारा ज्ञानमा

परमेश्‍वरको सन्देश विभिन्‍न तरिकाले बुझ्नको लागि परमेश्‍वरले तिमीहरूलाई सक्षम बनाउनुभएको छ ।

ख्रीष्‍टको विषयमा भएको गवाही तिमीहरूका माझमा सत्य हो भनी पुष्‍टि भएको छ

सम्‍भावित अर्थहरू हुन् १) “तिमीहरूले आफैंमा देख्‍यौ कि ख्रीष्‍टका बारेमा हामी जे भनेका थियौं, त्‍यो साँचो थियो” अथवा २) “तिमीहरू अहिले कसरी जिउँछौ सो हेरेर अरू मानिसले थाहा पाए कि ख्रीष्‍टका बारेमा हामीहरू र तिमीहरूले जे भन्‍यौ सो सत्‍य हो”

अनुवादका शब्‍दहरू