Door43-Catalog_ne_tn/rom/16/25.md

4.8 KiB

जोड्ने कथनः

आशिष्को प्रार्थना सहित पावल समापन गर्छन् ।

अब

यहाँ “अब” भन्‍ने शब्दले यस पत्रको अन्तिम भागलाई सङ्केत गर्छ । यदि तपाईंसँग आफ्नो भाषामा यो गर्ने तरिका छ भने, तपाईं यसलाई यहाँ प्रयोग गर्न सक्नुहुनेछ ।

तिमीहरूलाई खडा राख्‍न

पावलले यहाँ कडा विश्वास भएको कुरा गरे जसरी कुनै व्यक्ति खडा हुनुको सट्टा उभिरहेको छ । वैकल्पिक अनुवादः “तिमीहरूको विश्‍वासलाई बलियो बनाउन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरो सुसमाचार र येशू ख्रीष्‍टको सन्देशअनुसार

“येशू ख्रीष्‍टको बारेमा मैले प्रचार गरेको सुसमाचारद्वारा”

धेरै अगाडिदेखि गुप्‍त रहेको रहस्यको प्रकाशअनुसार

पावल भन्छन् कि परमेश्वरले विश्वासीहरु माझ पहिल्यै लुकेका सत्य कुरा प्रकट गर्नुभयो। उहाँ यी सत्यहरू बोल्नुहुन्छ मानौं तिनीहरू गोप्य छन् । यसलाई कर्तृ वाच्यको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्‍वरले धेरै अगाडिदेखि गुप्‍त राख्‍नुभएको कुरालाई हामी विश्‍वासीलाई प्रकट गर्नुभएको छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

तर … अनन्त परमेश्‍वरको आज्ञाअनुसार अगमवाणीका धर्मशास्‍त्रहरूद्वारा त्यसलाई प्रकट गरिएको र जनाइएको छ

क्रियापद "प्रकट" र "ज्ञात" मतलब मूलतः समान चीज। आफ्नो कुरालाई जोड दिन पावलले ती दुबैलाई प्रयोग गरे। तपाईं यी शब्दहरू मिलाउन सक्नुहुन्छ र कर्तृ वाच्यको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर अनन्तका परमेश्‍वरले ती कुराहरू धर्मशास्‍त्रद्वारा प्रकट गर्नुभएको छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-doublet]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

सारा गैरयहूदीहरूका बिचमा विश्‍वासको आज्ञाकारिताको निम्ति

यहाँ "आज्ञाकारिता" र "विश्वास" अमूर्त नामहरू हुन्। तपाईं आफ्नो अनुवादमा क्रियापद "आज्ञापालन" र "भरोसा" प्रयोग गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “सबै जातिले परमेश्‍वरमाथि भएको तिनीहरूको विश्‍वासको कारण उहाँको आज्ञा पालन गरून् भनेर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

अनुवादका शब्‍दहरू