Door43-Catalog_ne_tn/rom/16/19.md

2.4 KiB

किनकि तिमीहरूका आज्ञाकारिताको उदाहरण सबैकहाँ पुग्छ

यहाँ पावलले रोमी विश्वासीहरूको आज्ञाकारिताको बारेमा बोलेका छन् मानौं मानिसहरूमा जान सक्ने त्यस्तो व्यक्ति हो । वैकल्पिक अनुवादः “किनकि जब तिमीहरू येशूमा आज्ञाकारी हुन्छौ, तब सबैले त्यसबारे थाहा पाउँछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

शान्तिका परमेश्‍वरले चाँडै नै शैतानलाई तिमीहरूको पैतालामुनि कुच्‍च्याउनुहुनेछ

“तिमीहरूको पैतालामुनि कुच्‍च्याउनुहुनेछ” भन्‍ने वाक्यांशले शत्रुमाथि पूर्ण विजय प्राप्‍त हुने कुरालाई जनाउँछ । यहाँ पावलले शैतानको बिजयको बारेमा बोलेका छन् मानौं रोमन विश्वासीहरुले आफ्नो खुट्टामुनि शत्रुलाई कुल्चिरहेका थिए । वैकल्पिक अनुवादः “चाँडै नै परमेश्‍वरले शैतानमाथि तिमीहरूलाई पूर्ण विजय र शान्ति दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जुन कुरा खराब छ त्यसमा निर्दोष होओ

“दुष्‍ट कुराहरूमा नमिसिएको”

अनुवादका शब्‍दहरू