Door43-Catalog_ne_tn/rom/16/17.md

4.5 KiB

जोड्ने कथनः

एकता र परमेश्वरको लागि बाँच्नको बारेमा पावलले विश्वासीहरुलाई अन्तिम चेतावनी दिन्छ।

भाइहरू

यहाँ यसले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

बारेमा विचार गर्न

“माथि नजर राख”

जसले विभाजन र बाधा खडा गर्छन्

यो जसले येशूमा विश्वास गर्न छोड्ने तर्क र तर्क गर्न को लागि संकेत गर्दछ । वैकल्पिक अनुवादः “विश्‍वासीहरूलाई एक अर्कासँग बहस गर्न लगाउने र परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक लगाउनेहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन्

“तिमीहरूले सिकिसकेका सत्यतासँग मेल नखाने कुराहरू तिनीहरू सिकाउँछन् ।”

तिनीहरूदेखि टाढा बस

“तिनीहरूबाट टाढा बस”

तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन्

शब्द "ती सेवा गर्छन्" अघिल्लो वाक्यांशबाट बुझिन्छ। यो छुट्टै वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "बरु, तिनीहरूले आफ्नै पेटको सेवा गर्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन्

यहाँ “पेट” ले भौतिक वा शारीरिक इच्छाहरूलाई जनाउँछ । त्यहाँ पेटको सेवाले तिनीहरूको इच्छालाई सन्तुष्ट पार्छ । वैकल्पिक अनुवादः “तर तिनीहरूले केवल आफ्नै स्वार्थी इच्छाहरू मात्र पुरा गर्न चाहन्छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

तिनीहरूका चिप्ला कुरा र चापलुसीले

यहाँ “चिप्‍ला” र “चापलुसी” भन्‍ने शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । पावलले यहाँ यी मानिसहरूले कसरी विश्‍वासीहरूलाई झुक्क्याइरहेका छन् भन्‍ने कुरालाई जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “असल र सत्य लाग्‍ने कुराहरू भनेर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

निर्दोषहरू

सरल, अनुभव नभएको र एकदमै नयाँ । वैकल्पिक अनुवादः “जसले तिनीहरूलाई सिधै विश्‍वास गर्छन्” वा “जसलाई यी शिक्षकहरूले झुक्क्याउँदै छन् भन्‍ने कुरा थाहा छैन”

अनुवादका शब्‍दहरू