Door43-Catalog_ne_tn/rom/15/intro.md

3.1 KiB

रोमीहरू १५ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १५:९-१२, २० का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटका उद्धरणहरू हुन् । यी उद्धरणहरूमध्ये धेरैलाई अन्यजाति मानसिहरूको उद्धारको लागि परमेश्‍वरसँग सधैँ एउटा योजना थियो भनेर प्रमाणित गर्नको लागि प्रयोग गरिएको छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/save) रोमीहरूले रोमीहरू १५:१४ ले पुस्तकको सामग्रीमा समग्र रूपमा भएको बदलाउलाई अङ्कित गर्छ । पावलले धेरै ज्यादा व्यक्तिगत तवरले कुरा गर्न सुरु गर्छन् । उनका निर्देशनहरूको अन्त्य गर्दै र एउटा व्यक्तिगत अभिवादनको सुरुवात गर्दै यसले पत्रमा समग्र रूपमा एउटा खास काम गर्छ ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

बलियो/कमजोर

यी शब्दहरूलाई ती मानिसहरूलाई जनाउन प्रयोग गरिएको छ जो तिनीहरूका विश्‍वासमा परिपक्व वा अपरिपक्व छन् । त्यहाँ त्यस्ता धेरै शब्दहरू छन् जसलाई ती मानिसहरूको वर्णन गर्न प्रयोग गर्न सकिन्छ जो अरूहरूभन्दा आत्मिक रूपले धेरै बढेका छन् । पावलले यो पनि व्याख्या गरेका छन् कि आत्मिक वृद्धि भनेको समुदायमा भएका अरू ख्रीष्‍टिएनहरूसँग एक अर्कामा गरिने संगति र प्रोत्साहनबाट हुन्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/faith)

सम्बन्धित खण्‍डहरूः

<< | >>