Door43-Catalog_ne_tn/rom/13/03.md

4.4 KiB

किनकि

रोमीहरू 13: २ को व्याख्या गर्न र सरकारले एक व्यक्तिलाई दोषी ठहराएमा परिणाम कस्तो हुन्छ भनेर बताउन पावलले यो शब्द प्रयोग गरेका थिए ।

शासकहरू आतंक हुँदैनन्

शासकहरूले असल मानिसहरूलाई त्रसित गर्दैनन् ।

असल कामहरूका निम्ति ... दुष्‍ट कामहरूका निम्ति

मानिसहरू तिनीहरूका “असल कामहरू” वा “खराब कामहरू” द्वारा चिनिन्छन् ।

के तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ

मानिसहरूले शासकहरूदेखि डराउनुपर्दैन भनेर तिनीहरूले सोच्न लगाउन पावलले यस प्रश्नको प्रयोग गरेका थिए । वैकल्पिक अनुवादः “शासन गर्नेबाट कसरी निडर रहने भन्‍ने कुरा म तिमीहरूलाई बताउँछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ

असल काम गर्ने मानिसहरूको बारेमा शासन गर्नेले पनि असल कुराहरू बताउनेछ ।

तिनले विनाकारण तरवार भिर्दैनन्

तपाईंले यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः "ऊ एकदम राम्रो कारणले तरवार बोक्छ" वा “तिनीसँग मानिसहरूलाई दण्ड दिने अधिकार छ, र तिनले दण्ड दिनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

तरवार बोक्नु

रोमी राज्यपालहरूले आफ्नो अधिकारको प्रतीकको रूपमा एउटा छोटो तरवार बोक्थे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

खराबी गर्नेमाथि बदला लिने व्यक्‍ति

यहाँ "क्रोध" भनेको मानिसहरुले पापी सजाय पाउनु पर्ने सजाय लाई जनाउँछ । वैकल्पिक अनुवादः “खराब गर्ने मानिसहरूको विरुद्धमा शासकको क्रोध व्यक्‍त गर्नको निम्ति दण्ड दिने व्यक्‍ति” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

क्रोधको कारणले मात्र होइन, तर विवेकको खातिर पनि तिमीले आज्ञा पालन गर्नुपर्छ

“शासन गर्नेले तिमीहरूलाई दण्ड नदिऊन् भनेर मात्र होइन, तर परमेश्‍वरको अगाडि तिमीहरूको स्वच्छ विवेक होस् भनेर आज्ञा पालन गर्नुपर्छ”

अनुवादका शब्‍दहरू