Door43-Catalog_ne_tn/rom/11/28.md

3.7 KiB

एकातिर ... अर्कोतिर

कुनै विषयको बारेमा दुईवटा भिन्‍न तथ्यलाई तुलना गर्न यी दुईवटा शब्दको प्रयोग गरिन्छ । परमेश्‍वरले यहूदीहरूलाई इन्कार गर्नुभएको छ, तर उहाँले अझै पनि तिनीहरूलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरालाई वर्णन गर्न पावलले यी शब्दहरूको प्रयोग गरेका हुन् ।

सुसमाचारको सम्बन्धमा

तपाईं स्पष्ट गर्न सक्नुहुन्छ कि परमेश्वरले यहूदीहरूलाई शत्रुको रूपमा व्यवहार गर्नुभयो किनकि उनीहरूले येशूलाई अस्वीकार गरे । वैकल्‍पिक अनुवादः "किनकि यहूदीहरूले ख्रीष्टको सुसमाचारलाई अस्वीकार गरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिमीहरूका तर्फबाट तिनीहरू शत्रु हुन्

परमेश्‍वरको प्रेम गैरयहूदीहरूको निम्ति यति महान् थियो कि त्यसको तुलनामा यहूदीहरूप्रति उहाँको प्रेम घृणासरह भयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

तिनीहरूका पूर्खाका कारण प्रिय छन्

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "तिनीहरूका पिता-पुर्खाहरूका लागि गरेको प्रतिज्ञाको कारण परमेश्वरले तिनीहरूलाई अझै प्रेम गर्नुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

किनकि परमेश्‍वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्छन्

परमेश्वरले आफ्ना जनहरूलाई उपहारहरू जत्तिकै दिने प्रतिज्ञा गर्नुभएको आध्यात्मिक र भौतिक आशिष्‌हरूबारे पावल बताउँछन् । परमेश्वरको बोलावटले यहूदीहरूलाई आफ्ना जन हुन बोलाएको तथ्यलाई बुझाउँछ । वैकल्पिक अनुवादः “किनकि परमेश्‍वरका वरदानहरू र बोलावट परिवर्तन हुन सक्दैनन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

अनुवादका शब्‍दहरू