Door43-Catalog_ne_tn/rom/11/25.md

3.3 KiB

म तिमीहरू अज्ञानी भएको चाहन्‍न

यहाँ पावलले दोहोरो नकारात्मक प्रयोग गर्दछन् । तपाईंले यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "म तिमीहरू सचेत रहेको चाहान्छु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

भाइहरू

यहाँ भाइहरूले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

सर्वनाम “म” ले पावललाई जनाउँछ ।

तिमीहरू ... तिमीहरू

यी सर्वनामहरूले गैरयहूदी विश्‍वासीहरूलाई जनाउँछन् ।

ताकि तिमीहरू आफ्‍नै विचारमा बुद्धिमानी नहोऊ

गैरयहूदी विश्‍वासीहरूले आफैँलाई विश्‍वास नगर्ने यहूदीहरूभन्दा बुद्धिमान् छौँ भनेर सोच्न सक्छन् । वैकल्पिक अनुवादः “ताकि तिमीहरूले आफैँलाई जति छौ त्योभन्दा बढी बुद्धिमानी छु भनेर विचार नगर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

इस्राएलमा आंशिक रूपमा कठोर पार्ने काम भएको छ

पावलले "कठोर बनाउनु" वा जिद्दीको बारेमा बोलेका छन् मानौं यो शरीरमा शारीरिक अङ्गहरू कठोर बनाउने हो । केही यहूदीहरूले ख्रीष्‍टद्वारा पाउने उद्धार र मुक्‍तिलाई स्वीकार गर्न इन्कार गरेका छन् । वैकल्‍पिक अनुवादः "धेरै इस्राएलीहरू जिद्दी गरिरहेछन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

गैरयहूदीहरू आउने काम पुरा नभएसम्म

शब्द “नभएसम्म” ले यो कुरालाई जनाउँछ कि परमेश्‍वरले गैरयहूदीहरूलाई मण्डलीमा ल्याउने कार्य पुरा गर्नुभएपछि धेरै यहूदीहरूले विश्‍वास गर्नेछन् ।

अनुवादका शब्‍दहरू