Door43-Catalog_ne_tn/rom/11/17.md

3.6 KiB

तिमी जङ्गली जैतूनको हाँगा

यहाँ “तिमी” र “जङ्गली जैतूनको हाँगा” भन्‍ने शब्द र पदावली दुवैले येशूद्वारा मुक्‍ति प्राप्‍त गरेका गैरयहूदीहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-you]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

तर यदि केही हाँगाहरू भाँचिएको थियो भने

यहाँ पावलले यहूदीहरूलाई संकेत गरे जसले येशूलाई "भाँचिएका हाँगा" भनेर अस्वीकार गरे । तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "तर यदि कसैले केही हाँगाहरू भाँच्यो भने" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

जैतूनको … जरामा तिनीहरूसँग सहभागी भयौ

यहाँ पावलले अन्यजातिका ख्रीष्‍टिएनहरूको बारेमा भने जस्तै उनीहरू "कलमी हाँगाहरू" थिए । तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “रुखका बाँकी हाँगाहरूका बिचमा गाँसिएका थियौ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

जैतूनको उर्बर जरा

यसले परमेश्‍वरका प्रतिज्ञाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हाँगाहरू भएकोमा घमण्ड नगर

यहाँ "हाँगा" एउटा रूपक हो जुन यहूदी मानिसहरुको लागि खडा छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले त्याग्‍नुभएको यहूदी जातिभन्दा तिमीहरू असल छौ भनेर नभन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जरालाई थाम्‍ने तिमी होइनौ, तर जराले तिमीलाई थाम्छ

फेरि अन्यजातिका विश्वासीहरू हाँगाहरू भएका छन् भनेर पावलले औँल्याउँछन्। यहूदीहरूलाई गरेको करारका प्रतिज्ञाहरूका कारण मात्र परमेश्वरले तिनीहरूलाई बचाउनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू