Door43-Catalog_ne_tn/rom/11/06.md

3.0 KiB

तर यो अनुग्रहद्वारा हो भने

परमेश्‍वरको करुणाले कसरी काम गर्छ भनेर पावलले वर्णन गरिरहेका छन् । वैकल्पिक अनुवादः “तर परमेश्‍वरको करुणाले अनुग्रहद्वारा काम गर्ने हुनाले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यसो भए के त ?

“हामी के निष्कर्ष निकालौँ त ?” यस प्रश्नलाई उनले पाठकलाई अर्को बुँदामा सार्न लगाउँदछन्। तपाईं यसलाई कथनको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हामीले स्मरण गर्नुपर्ने कुरा यही हो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

परमेश्‍वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको छ, ताकि आजको दिनसम्म पनि तिनीहरूका आँखा छन् र पनि तिनीहरूले देख्‍न नसकून् अनि कान छन् र पनि तिनीहरूले सुन्‍न नसकून्

तिनीहरू आत्मिक रूपमा सुस्त छन् भन्‍ने सत्यताको बारेमा यो एउटा अलङ्कार हो । तिनीहरूले आत्मिक सत्यता देख्‍न वा सुन्‍न सक्दैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

... को आत्मा

यहाँ यसको अर्थ "बुद्धिको आत्मा" जस्ता "का विशेषताहरु" हुनु हो ।

आँखा छन् र पनि तिनीहरूले देख्‍न नसकून्

आँखाले देख्‍नु भन्‍ने अवधारणालाई समझशक्‍ति प्राप्‍त गर्नु सरह मानिन्थ्यो ।

कान छन् र पनि तिनीहरूले सुन्‍न नसकून्

सुन्‍नु भन्‍ने अवधारणालाई आज्ञा पालन गर्नु सरह मानिन्थ्यो ।

अनुवादका शब्‍दहरू