Door43-Catalog_ne_tn/rom/11/01.md

4.8 KiB

जोड्ने कथन:

एक राष्ट्रको रूपमा इस्राएलले परमेश्वरलाई अस्वीकार गरेको भए पनि, उनीहरूले मुक्ति पाएको कुनै काम बिना अनुग्रहबाट आउँछ भनेर बुझ्न परमेश्वर चाहानुहुन्छ ।

त्यसो भए म भन्छु

“यसकारण, म पावल भन्दछु”

के परमेश्‍वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त ?

गैरयहूदीहरूलाई परमेश्‍वरका मानिसहरूबिच संलग्‍न गरिएको तर यहूदीहरूको चाहिँ हृदय कठोर पारिएको कुरामा दुःखी भएका अन्य यहूदीहरूका प्रश्‍नहरूको उत्तर दिनको निम्ति पावलले यो प्रश्‍न गरेका हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यो कहिल्यै नहोस्

"यो सम्भव छैन!" वा "पक्कै पनि होइन!" यो अभिव्यक्ति कडा अस्वीकार गर्दछ कि यो हुन सक्छ। तपाइँको भाषामा उस्तै अभिव्यक्ति हुन सक्छ जुन तपाइँ यहाँ प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले यसलाई रोमीहरू ९:१४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

बेन्यामीन कुल

यसले परमेश्‍वरले इस्राएल जातिलाई विभाजन गर्नुभएको १२ कुल मध्येको बेन्यामीन कुललाई जनाउँछ ।

परमेश्‍वरले अघिबाटै पहिचान गर्नुभएको

“उहाँले समयभन्दा अगाडि नै चिन्‍नुभएको”

एलियाको बारेमा धर्मशास्‍त्रले के भन्छ अर्थात् तिनले इस्राएलको बारेमा परमेश्‍वरसँग कसरी बिन्ती गरे भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन ?

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “धर्मशास्‍त्रमा के लेखिएको छ भनी तिमीहरूलाई निश्‍चय नै थाहा छ । तिमीहरूलाई स्मरण छ, कि एलियाले इस्राएलको विरुद्धमा परमेश्‍वरसँग निवेदन गरेका थिए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

धर्मशास्‍त्रले के भन्छ

पावलले धर्मशास्त्रलाई त्यस्तै कुरा गर्दै थिए जसरी उनीहरू बोल्न सक्षम भए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

तिनीहरूले ... मारेका छन्

“तिनीहरू” इस्राएलका मानिसहरू हुन् ।

म मात्र छोडिएको छु

यहाँ सर्वनाम “म” ले एलियालाई जनाउँछ ।

मेरो जीवन खोज्दै

"मलाई मार्न चाहँदै"

अनुवादका शब्‍दहरू