Door43-Catalog_ne_tn/rom/10/18.md

3.0 KiB

तर म भन्छु, “के तिनीहरूले सुनेनन् ?” हो, निश्‍चय नै

पावलले जोड दिनको निम्ति प्रश्‍नको प्रयोग गरेका छन् । तपाईं यसलाई कथनको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर म भन्छु, कि यहूदीहरूले निश्‍चय नै ख्रीष्‍टको बारेमा सन्देश सुनेका छन् ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-quotations]])

तिनीहरूको आवाज सारा पृथ्वीभरि र तिनीहरूका शब्दहरू पृथ्वीको अन्त्यसम्म नै पुगेका छन्

यी दुवै वाक्यले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् र तिनले भन्‍न खोजेका कुराहरूलाई जोड दिनको निम्ति तिनको प्रयोग गरिएको हो । यहाँ शब्द “तिनीहरूका” ले सूर्य, चन्द्रमा र ताराहरूलाई जनाउँछ । यहाँ यिनीहरूलाई परमेश्‍वरको बारेमा मानिसहरूलाई बताउने मानवीय सन्देशवाहकको रूपमा वर्णन गरिएको छ । यसले देखाउँछ, कि कसरी यिनीहरूको अस्तित्वले परमेश्‍वरको शक्‍ति र महिमालाई प्रमाणित गर्दछ । यहाँ पावलले धर्मशास्‍त्रलाई उद्धृत गर्दै छन् भनी स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “जसरी धर्मशास्‍त्रमा लेखिएको छ, ‘सूर्य, चन्द्रमा, र ताराहरू परमेश्‍वरको शक्‍ति र महिमाको प्रमाण हुन्, र यस संसारमा सबै जनाले यो देख्छन् र परमेश्‍वरको बारेमा सत्यता थाहा पाउँछन्’” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] अनि [[rc:///ta/man/translate/figs-personification]] अनि rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू