Door43-Catalog_ne_tn/rom/10/14.md

4.6 KiB

जसमाथि तिनीहरूले विश्‍वास गरेका छैनन् उहाँलाई कसरी पुकार्ने ?

पावलले सुसमाचार नसुनेकाहरूकहाँ ख्रीष्‍टको सुसमाचारलाई पुर्‍याउनुको महत्त्वलाई जोड दिनको निम्ति प्रश्‍नको प्रयोग गरेका छन् । “तिनीहरू” भन्‍ने शब्दले परमेश्‍वरमा अझै नआइसकेका व्यक्‍तिहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरमा विश्‍वास नगरेकाहरूले उहाँलाई पुकार्न सक्दैनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

र जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्‍वास गर्ने ?

पावलले सोही कारणको निम्ति अर्को प्रश्‍नको प्रयोग गरेका छन् । वैकल्पिक अनुवादः “र तिनीहरूले उहाँको सन्देश सुनेका छैनन् भने उहाँमाथि विश्‍वास गर्न सक्दैनन् “। वा “र तिनीहरूले उहाँको विषयमा सन्देश सुनेका छैनन् भने उहाँमाथि विश्‍वास गर्न सक्दैनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

माथि … विश्‍वास

यहाँ यसको अर्थ त्यस व्यक्‍तिले भनेका कुराहरूलाई सत्य हो भनेर स्वीकार्नु हो ।

र प्रचारकविना तिनीहरूले कसरी सुन्‍न सक्छन् ?

पावलले सोही कारणको निम्ति अर्को प्रश्‍नको प्रयोग गरेका छन् । वैकल्पिक अनुवादः “र यदि कसैले तिनीहरूलाई बताएन भने तिनीहरूले त्यो सन्देश सुन्‍नेछैनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

र जबसम्म तिनीहरू पठाईंदैनन् तिनीहरूले कसरी प्रचार गर्छन् र ?

पावलले सोही कारणको निम्ति अर्को प्रश्‍नको प्रयोग गरेका छन् । “तिनीहरू” भन्‍ने शब्दले परमेश्‍वरमा भएका व्यक्‍तिहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “र तिनीहरूलाई कसैले नपठाएसम्म तिनीहरूले त्यो सन्देश अरू मानिसलाई बताउन सक्दैनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

असल कुराहरूबारे खुसीको सन्देश प्रचार गर्नेहरूका पाउ कति राम्रा ?

शब्द “पाउ” ले ती व्यक्‍तिहरूलाई सङ्केत गर्छ जसले यात्रा गरेर नसुनेकाहरूकहाँ सन्देश पुर्‍याउँछन् । वैकल्पिक अनुवादः “जब सन्देशवाहकहरू आएर हामीलाई सुसमाचार बताउँछन् तब त्यो निकै प्रशंसनीय हुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू