Door43-Catalog_ne_tn/rom/10/11.md

4.2 KiB

किनकि धर्मशास्‍त्रले भन्छ

पावल धर्मशास्त्रको बारेमा बताउँदछ कि यो जीवित छ र उसको आवाज छ । पावलले यहाँ प्रयोग गरेको धर्मशास्त्र कसले लेखेका थिए स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "किनकि यशैयाले धर्मशास्त्रमा लेखेका थिए" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

हरेक जसले उहाँमा विश्‍वास गर्छ, त्यो शर्ममा पारिनेछैन

यो बराबर हो: "जसले विश्वास गर्दैन हरेक मानिस लज्जित हुनेछ ।" नकारात्मक यहाँ जोडको लागि प्रयोग गरिएको छ । यसलाई कर्तृ वाच्यको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरमा विश्‍वास गर्ने सबैलाई उहाँले मान-सम्मान दिनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यहूदी र ग्रिकहरूबिच कुनै भिन्‍नता छैन

परमेश्वरले सबै मानिससँग समान व्यवहार गर्नुहुनेछ भनेर पावलले संकेत गर्दछ । तपाईं आफ्नो अनुवादमा यो स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यस तरिकाले परमेश्‍वरले यहूदी र गैरयहूदी दुवैलाई समान रूपमा व्यवहार गर्नुहुन्छ” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

र उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ

यहाँ "ऊ धनी छ" भन्ने बुझिन्छ कि परमेश्वरले प्रशस्त आशिष दिनुहुन्छ । तपाईं आफ्नो अनुवादमा यो स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँलाई विश्‍वास गर्ने सबैलाई उहाँले प्रशस्त मात्रामा आशिषित तुल्याउनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

किनकि प्रभुको नाम पुकार्ने सबै बचाइनेछन्

यहाँ “नाम” ले पूर्ण मानिसलाई जनाउँछ । यसलाई कर्तृ वाच्यको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरमा विश्‍वास गर्ने सबैलाई उहाँले बचाउनुहुन्छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनुवादका शब्‍दहरू