Door43-Catalog_ne_tn/rom/10/08.md

4.8 KiB

तर यसले के भन्छ ?

“यसले” भन्‍ने शब्दले १०:६ मा उल्लिखित “धार्मिकता” लाई जनाउँछ ।(./06.md) यहाँ पावलले धार्मिकतालाई बोल्न सक्‍ने मानिसको रूपमा वर्णन गरेका छन् । पावलले आफूले दिन लागेका उत्तरलाई जोड दिनको निम्ति प्रश्‍नको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “तर मोशाले यस्तो भन्छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-rquestion]])

वचन तिमीहरूको नजिकै छ

पावल परमेश्वरको "सन्देश" को कुरा गर्छन् कि मानौं यो एक व्यक्ति बन्न सक्छ । वैकल्पिक अनुवादः “सन्देश ठिक यहीँ छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

तिमीहरूको मुख … मा छ

शब्द “मुख” ले मानिसले बोल्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “यो तिमीले बोल्ने कुरामा छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

र हृदयमा

शब्द “हृदय” ले मानिसको मन वा उसले के सोच्छ, त्यसलाई जनाउँछ । वैकल्पिक अनुवादः “र त्यो तिमीले सोच्ने कुरामा छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ … भने

“यदि तिमीले येशूलाई प्रभु भनी स्वीकार्छौ … भने”

आफ्नो हृदयमा विश्‍वास गर्छौ … भने

“सत्य हो भनी स्वीकार्छौ … भने”

मृतकहरूबाट जीवित पार्नुभयो

यहाँ यसको अर्थ मरेको मानिसलाई पुनः जीवित बनाउने भन्‍ने हुन्छ ।

तिमी बचाइनेछौ

यसलाई कर्तृ वाच्यको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

किनकि मानिसले धार्मिकताको निम्ति आफ्नो हृदयले विश्‍वास गर्छ, र उसले उद्धारको निम्ति आफ्नो मुखले स्वीकार गर्छ

यहाँ "हृदय" एक प्रतिस्थापन हो जसले दिमाग वा इच्छाको प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “किनकि मानिसले उसको मनबाट विश्‍वास गर्छ र ऊ परमेश्‍वरको अगाडि धर्मी ठहरिन्छ, र उसले जिब्रोले स्वीकार गर्छ र परमेश्‍वरले उसलाई बचाउनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मुखले

यहाँ "मुख" एक प्रतिस्थापकीय शब्द हो जसले व्यक्तिको बोल्ने क्षमताको प्रतिनिधित्व गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

अनुवादका शब्‍दहरू