Door43-Catalog_ne_tn/rom/10/06.md

4.0 KiB

तर विश्‍वासद्वारा आउने धार्मिकताले यसो भन्छ

यहाँ धार्मिकतालाई बोल्न सक्‍ने व्यक्‍तिको रूपमा वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “तर मोशाले विश्‍वासले परमेश्‍वरको अगाडि मानिसलाई कसरी धर्मी बनाउँछ भन्‍ने बारेमा यस्तो लेख्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

आफ्नो हृदयमा … नभन

मोशाले मानिसहरूलाई एउटा व्यक्‍तिलाई झैँ सम्बोधन गर्दै छन् । वैकल्पिक अनुवादः “आफैँले आफैँलाई ... नभन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

स्वर्गमा को उक्लने ?

मोशाले आफ्नो वरिपरिका मानिसहरूलाई शिक्षा दिनको निम्ति प्रश्‍नको प्रयोग गरेका हुन् । उनको अगिल्लो “नभन” भन्‍ने निर्देशनअनुसार यस प्रश्‍नको नकारात्मक उत्तर हुनु जरुरी छ । तपाईं यो प्रश्नलाई बयानको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले पनि स्वर्गमा चढी जाने प्रयत्‍न गर्नुहुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

ख्रीष्‍टलाई तल ल्याउन

“तिनीहरूले ख्रीष्‍टलाई यस पृथ्वीमा तल ल्याउनको निम्ति”

तल पातालसम्म को ओर्लने ?

मोशाले आफ्नो वरिपरिका मानिसहरूलाई शिक्षा दिनको निम्ति यस प्रश्‍नको प्रयोग गरेका हुन् । उनको अगिल्लो “नभन” भन्‍ने निर्देशनअनुसार यस प्रश्‍नको नकारात्मक उत्तर हुन जरुरी छ । तपाईं यसलाई कथनको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले पनि तल पातालमा जाने र मरेका व्यक्‍तिहरूको आत्मा भएको ठाउँमा प्रवेश गर्ने प्रयत्‍न गर्नुहुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

ख्रीष्‍टलाई मरेकाहरूबाट ल्याउन

“तिनीहरूले ख्रीष्‍टलाई मरेकाहरूका बिचबाट माथि ल्याउनको निम्ति”

मरेकाहरू

यहाँ यसको अर्थ हुन्छः जब मानिसको भौतिक शरीरले जिउन छोड्छ ।

अनुवादका शब्‍दहरू