Door43-Catalog_ne_tn/rom/08/35.md

6.8 KiB

कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नेछ?

कुनै पनि कुराले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्दैन भनेर सिकाउन पावलले यो प्रश्न प्रयोग गर्दछन् । वैकल्‍पिक अनुवादः "कसैले पनि हामीलाई ख्रीष्टको प्रेमबाट कहिल्यै अलग गर्दैन!" वा "कुनै पनि कुराले हामीलाई ख्रीष्टको प्रेमबाट कहिल्यै अलग गर्दैन!" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले ?

"ख्रीष्टको प्रेमबाट अलग गर्नु" भन्ने शब्दहरू अघिल्लो प्रश्नबाट बुझिन्छ । वैकल्‍पिक अनुवादः "के कष्ट वा सङ्कष्ट वा सतावट, वा भोक, वा नाङ्गोपन, वा खतरा, वा तरवारले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्दछ ?"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले ?

यी प्रश्नहरूले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्दैन भनेर जोड दिन पावलले यो प्रश्न प्रयोग गर्दछन् । वैकल्‍पिक अनुवादः "कष्ट, सतावट, सतावट, भोक, नाङ्गोपन, खतरा, र तरवारले पनि हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्दैन ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले ?

अमूर्त नाम क्रियापद वाक्यांशको साथ व्यक्त गर्न सकिन्छ । यहाँ "तरवार" एक प्रतिस्थापन हो कि हिंसात्मक मार्ने को प्रतिनिधित्व गर्दछ। वैकल्‍पिक अनुवादः "यदि मानिसहरूले हामीलाई समस्यामा पार्दछन्, हामीलाई चोट पुर्‍याउँछन्, हाम्रो लुगा र खानेकुरा खोसेर लैजान्छन् वा हामीलाई मार्दछन्, तिनीहरूले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्दैनन् ।" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-abstractnouns]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

सङ्कष्‍ट वा दुःख

यी दुवै शब्दले एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

तपार्इंको … निम्ति

यहाँ “तपार्इं” एकवचन हो र यसले परमेश्‍वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपार्इंको खातिर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

हामी दिनभरि मारिन्छौँ

यहाँ “हामी” भन्‍ने शब्दले धर्मशास्‍त्रको यस खण्ड लेख्‍ने व्यक्‍तिलाई जनाउँछ, तर उनका श्रोताहरू होइनन्, जो परमेश्वर हुनुहुन्थ्यो । शब्द “दिनभरि” ले तिनीहरू कति खतरामा छन् भन्‍ने कुरालाई जोड दिन्छ । पावलले यस धर्मशास्‍त्रको खण्डबाट यो प्रष्‍ट्याउन चाहन्छन् कि परमेश्‍वरमा भएका सबै जनाले कठिन समयको अपेक्षा गर्नुपर्छ । यो एक सक्रिय रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा शत्रुहरू निरन्तर हामीलाई मार्न खोजिरहेका छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-inclusive]] अनि [[rc:///ta/man/translate/figs-hyperbole]] अनि rc://*/ta/man/translate/figs-activepassive)

हामीलाई मारिने भेडाहरूझैँ ठानियो

परमेश्‍वरको अगाडि इमानदार भएको कारण मानिसहरूद्वारा मारिनेहरूलाई यहाँ पशुसँग तुलना गरिएको छ । तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूका निम्ति हाम्रो जीवनको मूल्य तिनीहरूले मार्ने भेडाहरूसरह पनि थिएन” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-simile]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनुवादका शब्‍दहरू