Door43-Catalog_ne_tn/rom/08/33.md

2.7 KiB

परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने ? धर्मी तुल्याउनुहुने त परमेश्‍वर नै हुनुहुन्छ

पावलले यस कुरालाई जोड दिन प्रश्‍नको प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “परमेश्‍वरको अगाडि कसैले पनि हामीलाई अभियोग लगाउन सक्दैन, किनकि उहाँले नै हामीलाई उहाँको अगाडि धर्मी तुल्याउनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ ? हाम्रो निम्ति मर्नुहुने त ख्रीष्‍ट नै हुनुहुन्छ ... हाम्रा लागि मध्यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्छ

पावलले यस कुरालाई जोड दिन प्रश्‍नको प्रयोग गरेका हुन् । उनले जवाफको आशा गर्दैनन् । वैकल्पिक अनुवादः “हामीलाई कसैले पनि दोषी ठहर्‍याउन सक्दैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई झनै महत्त्वपूर्ण रूपमा परमेश्‍वरले मृत्युबाट जीवित पानुभयो” वा “झनै महत्त्वपूर्ण रूपमा जो मृत्युबाट जीवनमा फर्केर आउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू