Door43-Catalog_ne_tn/rom/08/23.md

4.0 KiB

पवित्र आत्माको पहिलो फल भएका हामी

विश्‍वासीहरूले पवित्र आत्मा प्राप्‍त गर्ने कुरालाई पावलले ठिक मौसमका पहिलो फलहरू र वनस्पतिहरूसँग तुलना गरेका छन् । यसले यो कुराको जोड दिन्छ कि परमेश्‍वरले विश्‍वासीहरूलाई दिनुहुने कुराहरूमा पवित्र आत्माचाहिँ प्रारम्भिक कार्य मात्र हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा

यहाँ "हाम्रो अंगीकरण" भनेको जब हामी धर्मपुत्रको रूपमा पूरा परिवार बन्छौं, अपनाइएका सन्तानहरूको रुपमा । "छुटकारा" शब्दको अर्थ हुन्छ जब परमेश्वरले हामीलाई बचाउनुहुन्छ। वैकल्पिक अनुवादः “परमेश्‍वरको परिवारको हामी पूर्ण रूपमा सदस्यहरू हुने र उहाँले हाम्रा शरीरहरूलाई नष्‍ट हुन र मृत्युबाट बचाउने समय पर्खिरहेका” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हामीहरूलाई बचाउनुभयो, किनकि हामीहरू उहाँमा विश्‍वस्त थियौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तर जे हुनेछ भनी हामी विश्‍वस्त छौँ, त्यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ र ?

पावलले आफ्ना श्रोतागण वा पाठकहरूलाई “विश्‍वास” के हो भनेर बुझ्न सहायता गर्न यस प्रश्‍नको प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “तर यदि हामीले विश्‍वाससहित पर्खिरहेका छौँ भने यसको अर्थ यो हो कि हामीले चाहेको कुरा अझै प्राप्‍त गरेका छैनौँ । यदि कसैले उसले चाहेको कुरा प्राप्‍त गरिसकेको छ भने उसले विश्‍वाससहित पर्खन सक्दैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू