Door43-Catalog_ne_tn/rom/08/20.md

4.3 KiB

किनकि सृष्‍टिलाई व्यर्थताको वशमा सुम्पिएको छ

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले जुन उद्देश्यको लागि सबै कुरा सृष्‍टि गर्नुभएको थियो, त्यो प्राप्‍त गर्न तिनीहरूलाई उहाँले असक्षम तुल्याइदिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यसको आफ्नै इच्छामा होइन, तर यसलाई वशमा राख्‍नुहुनेको इच्छामा

यहाँ सृष्‍टिलाई इच्छा गर्न सक्‍ने व्यक्‍तिको रूपमा वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “सृष्‍टि गरिएका कुराहरूले यस्तो इच्छा गरेको कारणले होइन, तर यही नै हो जुन परमेश्‍वरले चाहनुभएको थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

यो दृढ निश्‍चयता हो ... बाट मुक्‍त गरिने

यसलाई कर्तृ वाच्यको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले सृष्‍टिलाई बचाउनुहुनेछ भन्‍ने उहाँलाई थाहा थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

विनाशको दासत्व

पापले प्रभावित सबै चीजहरूको बेकारको कुरा पावलले भने जस्तै तिनीहरू मरेका शरीर हुन् । पावलले सृष्‍टि गरिएका सबै कुरालाई दाससँग र “विनाश गर्ने” लाई तिनीहरूका मालिकसँग तुलना गरेका छन् । वैकल्पिक अनुवादः “नाश हुन र मर्नबाट” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरका सन्तानहरूका महिमाको स्वतन्‍त्रतामा

“र उहाँले आफ्ना सन्तानहरूलाई महिमा दिने समयमा तिनीहरूलाई पनि स्वतन्त्र गर्नुहुनेछ”

हामी जन्दछौँ, कि सारा सृष्‍टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ

यस सृष्‍टिलाई प्रसव वेदनाको पीडामा कराइरहेकी एउटी स्‍त्रीसँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “किनकि हामी जान्दछौँ, कि परमेश्‍वरद्वारा सृष्‍टि भएका सबै कुरा स्वतन्त्र हुन चाहन्छन् र प्रसव वेदनामा भएकी स्‍त्रीझैँ कराउँछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू