Door43-Catalog_ne_tn/rom/08/03.md

4.2 KiB

जुन कुरा गर्न व्यवस्था असमर्थ थियो, सो परमेश्‍वरले गर्नुभयो, किनकि यो शरीरद्वारा कमजोर थियो

यहाँ व्यवस्थालाई कुनै व्यक्‍तिको रूपमा वर्णन गरिएको छ जसले पापको शक्‍तिलाई तोड्न सकेन । वैकल्पिक अनुवादः “हामीलाई पाप गर्नबाट रोक्‍नको निम्ति व्यवस्थासँग सामर्थ्य थिएन, किनभने हामीभित्र रहेको पापको शक्‍ति ज्यादै शक्‍तिशाली थियो । तर परमेश्‍वरले हामीलाई पाप गर्नबाट रोक्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

शरीरद्वारा

“मानिसहरूको पापमय स्वभावको कारण”

उहाँले ... पापी शरीरको समानतामा उहाँले आफ्नै पुत्रलाई पठाउनुभयो ... पापको लागि बलि ... उहाँले पापलाई दोषी ठहराउनुभयो

परमेश्वरको पुत्रले पापको लागि अनन्त बलिदानको रूपमा आफ्नो शरीर र मानव जीवन दिएर हाम्रो पापको बिरूद्ध परमेश्वरको पवित्र क्रोधलाई सदासर्वदा सन्तुष्ट पार्नुभयो ।

पुत्र

यो येशू, परमेश्‍वरको पुत्रको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

पापमय शरीरको रूपमा

“उहाँ अन्य पापी मानव-जाति जस्तै देखिनुभयो”

पापको निम्ति बलिदान हुन

“हाम्रा पापको निम्ति उहाँ बलिदानको रूपमा मर्नलाई”

र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो

“र परमेश्‍वरले उहाँका पुत्रको शरीरद्वारा पापको शक्‍तिलाई तोड्नुभयो”

व्यवस्थाको मापदण्ड पुरा हुन सकोस् भनेर

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “व्यवस्थाका आवश्यकताहरूलाई हामीले पुरा गर्न सकौँ भनेर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हामी शरीरअनुसार होइन … चल्न सकौँ

“हामी जो हाम्रा पापमय इच्छाहरूअनुसार … चल्दैनौँ”

तर आत्माअनुसार चल्न सकौँ

“तर जसले पवित्र आत्माको आज्ञा मान्छ”

अनुवादका शब्‍दहरू