Door43-Catalog_ne_tn/rom/07/24.md

3.3 KiB

मलाई यो मृत्युको शरीरबाट कसले छुटकारा देला ?

यस प्रश्नलाई पावलले ठूलो भावना व्यक्त गर्न प्रयोग गर्दछन्। यदि तपार्इंको भाषामा उद्‌गार र प्रश्‍न दुवैलाई निकै भावुक हुने गरी देखाउने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “मेरो शरीरले चाहने कुराहरूको नियन्त्रणबाट कसैले मलाई स्वतन्त्र गराओस् भन्‍ने म चाहन्छु !” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यो मृत्युको शरीर

यो एक रूपक हो जसको अर्थ शरीर हो जुन शारीरिक मृत्यु अनुभव गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई धन्यवाद होस्

यसले ७:२४ मा भएको प्रश्‍नको उत्तर दिन्छ । (युडीबी हेर्नुहोस्)

त्यसैले, म आफैँले मेरो मनले परमेश्‍वरको व्यवस्थाको सेवा गर्छु । तापनि शरीरले म पापको सिद्धान्तको सेवा गर्छु

यहाँ मन र शरीरले कसरी परमेश्‍वरको व्यवस्था वा पापको सिद्धान्तलाई सेवा पुर्‍याउँछन् भन्‍ने कुराको तुलना गर्न तिनको प्रयोग गरिएको छ । कुनै व्यक्‍तिले आफ्नो मन वा बुद्धिले परमेश्‍वरलाई खुसी तुल्याउन र उहाँको आज्ञा पालन गर्न खोज्छ र शरीर वा शारीरिक स्वभावले पापको सेवा गर्न खोज्छ । वैकल्पिक अनुवादः “मेरो मनले परमेश्‍वरलाई खुसी तुल्याउन खोज्छ, तर मेरो शरीरले पापको आज्ञा पालन गर्न खोज्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू