Door43-Catalog_ne_tn/rom/07/11.md

2.7 KiB

पापले यी आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्‍यो । … यसले मलाई मार्‍यो

रोमी ७:७-८(./07.md) मा झैँ पावलले पापलाई तिनवटा कुरा गर्न सक्‍ने मानिसको रूपमा वर्णन गरेका छन्: मौका लिने, छल गर्ने र मार्ने । वैकल्पिक अनुवादः “मलाई पाप गर्ने इच्छा भएको कारणले मैले पाप र आज्ञा पालन सँगसँगै गर्न सक्छु भनेर विचार गरी आफैँलाई धोका दिएँ, तर परमेश्‍वरले मलाई उहाँबाट अलग गर्नुभयो र अनाज्ञाकारिताको कारण मलाई दण्ड दिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

पाप

“मेरो पाप गर्ने इच्छा”

आज्ञाद्वारा मौका छोप्यो

पावलले पापलाई एक व्यक्तिसँग तुलना गर्दैछ जसले काम गर्न सक्दछ । रोमी ७:८(./07.md) मा तपार्इंले कसरी अनुवाद गर्नुभएको थियो भनेर हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

मलाई मार्‍यो

पापीहरूमाथि परमेश्वरको निन्दाको बारेमा पावलले यस्तो बोले जसरी यो मुख्यतया शारीरिक मृत्युमा परिणत भएको थियो । वैकल्पिक अनुवादः “त्यसले मलाई परमेश्‍वरबाट अलग गरायो” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पवित्र

नैतिक रूपमा सिद्ध, पाप बिना

अनुवादका शब्‍दहरू