Door43-Catalog_ne_tn/rom/07/07.md

2.3 KiB

हामी के भनौँ त ?

पावलले नयाँ विषय सुरु गर्दै छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यस्तो कहिल्यै नहोस्

“साँच्‍चै, यो सत्य होइन !” अगिल्लो आलङ्कारिक प्रश्‍नको यस वाक्यले सम्भव भएसम्मकै सबैभन्दा बढी नकारात्मक उत्तर दिन्छ । यहाँ प्रयोग गर्न सकिने यस्तै वाक्य तपार्इंको भाषामा भएको चाहनुहुन्छ होला । यसलाई कसरी अनुवाद गरिएको छ भनेर रोमी ९:१४(../09/14.md) मा हेर्नुहोस् ।

मैले कहिल्यै पाप जान्‍ने थिइनँ ... पापले ... मौका पायो ... हर किसिमको अभिलाषा ल्यायो

पावलले पापलाई काम गर्न सक्‍ने मानिससँग तुलना गरेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

पाप

“पाप गर्ने मेरो इच्छा”

अभिलाषा

यो शब्दले अरू मानिसको सम्पत्ति प्राप्‍त गर्ने इच्छा (युडीबी हेर्नुहोस्) र गलत कामुक इच्छा दुवैलाई समावेश गर्छ ।

व्यवस्थाविना पाप मरेतुल्य हुन्छ

“किनकि यदि व्यवस्था थिएन भने, उल्लङ्घन गर्नको निम्ति कुनै कुरा हुने थिएन, र यसैकारण त्यहाँ कुनै पाप हुने थिएन”

अनुवादका शब्‍दहरू