Door43-Catalog_ne_tn/rom/05/20.md

3.9 KiB

तर व्‍यवस्‍था आयो

यहाँ पावलले व्यवस्थाको बारेमा बताउँदछ कि मानौं यो एक व्यक्ति हो । वैकल्‍पिक अनुवादः "परमेश्वरले मोशालाई आफ्नो व्यवस्था दिनुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

बढ्‌यो

“वृद्धि भयो”

अनुग्रह अझ धेरै भयो

यहाँ "अनुग्रह" ले परमेश्वरको पाउनु नमिल्‍ने आशिष्‌लाई जनाउँछ। वैकल्‍पिक अनुवादः "परमेश्वरले उनीहरूप्रति अझ दयालु कार्य गर्न जारी राख्नुभयो, जुन तरिकाले तिनीहरू योग्य थिएनन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जसरी पापले मृत्युद्वारा राज्‍य गर्‍यो

यहाँ पावलले "पाप" लाई भने जसरी राजाले शासन गरेका थिए । वैकल्पिक अनुवादः “जसरी पापले मृत्यु ल्यायो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

यसैले अनुग्रहले धार्मिकतामा येशू प्रभु हाम्रा प्रभुमा अनन्त जीवनको लागि शासन गर्न सक्दछ

पावलले यहाँ "अनुग्रह" को कुरा गर्छन् जस्तो कि यो एक राजा थियो । वैकल्‍पिक अनुवादः "अनुग्रहले हाम्रा प्रभु येशू ख्रीष्टको धार्मिकता मार्फत मानिसहरूलाई अनन्त जीवन दिए" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

त्यसरी नै अनुग्रहले धार्मिकताद्वारा राज्‍य गरोस्

पावलले यहाँ "अनुग्रह" को कुरा गर्छन् जस्तो कि यो एक राजा थियो। "धार्मिकता" शब्दले मानिसहरूलाई आफूसित सही बनाउने परमेश्वरको क्षमतालाई बुझाउँछ। वैकल्‍पिक अनुवादः "त्यसोभए परमेश्वर आफैले उनीहरूलाई सही बनाउनको लागि सित्तैंमा उपहार दिन सक्नुहुन्छ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

हाम्रा प्रभु

पावलले उनका पाठकहरू र सबै विश्‍वासीलाई समावेश गरेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

अनुवादका शब्‍दहरू