Door43-Catalog_ne_tn/rom/05/12.md

2.8 KiB

जोड्ने कथनः

परमेश्वरले मोशालाई व्यवस्था दिनु भन्दा अघि किन मृत्यु भयो भनेर पावलले वर्णन गर्दछन् ।

एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्‍यो, … पापद्वारा मृत्‍यु प्रवेश गर्‍यो

पावलले “पाप” लाई एउटा यस्तो डरलाग्दो कुराको रूपमा वर्णन गर्छन्, जुन कुरा “एक जना मानिस” अर्थात् आदमका कार्यहरूद्वारा भएको छेदबाट यस संसारमा प्रवेश गर्‍यो । यो “पाप” यस्तो प्रवेशद्वार बन्यो जहाँबाट अर्को डरलाग्दो कुरा “मृत्यु” पनि यस संसारमा प्रवेश गर्‍यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

किनकि जबसम्म व्यवस्था थिएन, संसारमा पाप थियो

यसको मतलब यो हो कि मानिसहरूले व्यवस्था दिनु भन्दा पहिले मानिसहरूले पाप गरे। वैकल्‍पिक अनुवादः "परमेश्वरले मोशालाई व्यवस्था दिनु भन्दा पहिले संसारका मानिसहरूले पाप गरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तर त्यहाँ व्यवस्था नभएको खण्डमा पापको लेखा लिनु हुँदैन

यसको मतलब यो हो कि परमेश्वरले व्यवस्था दिनुभन्दा अघि मानिसहरूलाई पापका लागि दोषी ठहराउनुभएन। वैकल्‍पिक अनुवादः "तर परमेश्वरले व्यवस्था दिनुभन्दा पहिले उनले व्यवस्था विरुद्ध कुनै पाप लिपिबद्ध गरेन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू