Door43-Catalog_ne_tn/rom/03/29.md

2.4 KiB

अथवा के परमेश्‍वर यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ त ?

पावलले यो प्रश्‍न जोड दिनलाई सोध्छन् । वैकल्‍पिक अनुवादः "तिमीहरू जो यहूदीहरू हौ, परमेश्वरले स्वीकार गर्नुहुने तिमीहरू मात्र हौ भनेर तिमीहरूले सोच्‍नुहुँदैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के उहाँ अन्यजातिहरूका पनि परमेश्वर हुनुहुन्न र? हो, अन्यजातिहरूको पनि

आफ्नो कुरालाई जोड दिन पावलले यो प्रश्‍न सोध्छन् । वैकल्‍पिक अनुवादः "उहाँले गैर-यहूदीहरूलाई पनि ग्रहण गर्नुहुनेछ, अर्थात् अन्यजातिहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

उहाँले विश्वासद्वारा खतनालाई धर्मी ठहराउनुहुनेछ, र विश्वासद्वारा बेखतनालाई

यहाँ "खतना" भनेको यहूदीहरूलाई दर्शाउने एक प्रतिस्थापन हो र "बेखतना" गैर-यहूदीहरूलाई जनाउने प्रतिस्थापन हो । वैकल्‍पिक अनुवादः "परमेश्वरले यहूदीहरू र गैर-यहूदी दुवैलाई ख्रीष्टमा तिनीहरूको विश्वासद्वारा आफूसँगै ठीक बनाउनुहुनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू