Door43-Catalog_ne_tn/rom/03/27.md

2.6 KiB

त्यसोभए घमन्ड कहाँ छ? यो हटाइएको छ

मानिसहरूले व्यवस्था पालन गर्ने बारेमा घमण्ड गर्नु पर्ने कुनै कारण छैन भनेर देखाउन पावलले यो प्रश्‍न सोध्छन् । वैकल्‍पिक अनुवादः "त्यसोभए कुनै पनि हिसाबले हामी घमण्‍ड गर्न पाउँदैनौँ कि परमेश्‍वरले हामीलाई खास कृपा गर्नुहुन्छ किनकि हामीले ती आज्ञाहरू पालना गरेका छौँ । अहंकारलाई बहिष्कार गरिएको छ"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के को आधारमा ? कामहरूको आधारमा ? विश्‍वासको आधारमा

आफूले अङ्‌कित गरेका सबै कुरा निश्‍चय नै सत्य छन् भनेर जोड दिनको निम्ति पावलले आलङ्कारिक प्रश्‍नहरूको उत्तर दिन्छन् । तपाईंले यसलाई पावलले बताउन खोजेका कुराहरूलाई समावेश गरेर र कर्तृ वाच्यको प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "कुन आधारमा हामीले घमण्ड गर्न छोड्नु पर्छ ? के हामीले त्यसलाई असल कामका कारणले हटाउनु पर्छ ? होइन, बरु, विश्वासको कारण हामीले यसलाई बहिष्कार गर्नुपर्दछ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-ellipsis]] अनि rc://*/ta/man/translate/figs-activepassive)

बिना

“बाहेक” वा "कुनै विचार बिना"

अनुवादका शब्‍दहरू