Door43-Catalog_ne_tn/rom/03/25.md

2.0 KiB

उहाँको रगतमा

यो पापको बलिदानको रूपमा येशूको मृत्युको लागि प्रतिस्थापन हो । वैकल्‍पिक अनुवादः "पापको बलिदानको रूपमा उहाँको मृत्युमा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

बेवास्ता गर्नु

सम्भाव्य अर्थहरू हुन्: (१) वास्ता नगर्नु वा (२) क्षमा दिनु ।

वर्तमान समयमा उहाँको धार्मिकता प्रदर्शन गर्नका निम्ति भएका थिए ।

"उहाँले मानिसहरूलाई आफैँमा कसरी धर्मी बनाउछ भनेर देखाउनको निम्ति उहाँले यो गर्नुभयो"

उहाँ आफैँलाई न्यायी प्रमाणित गर्न सक्‍नुभएको होस् र उहाँले येशूमाथिको विश्‍वासले कुनैलाई पनि धर्मी ठहराउनुहुन्छ भन्‍ने देखाउन यसो भयो

“उहाँ न्यायसङ्गत हुनुहुन्छ र येशूमा विश्‍वास गर्ने सबैलाई धर्मी ठहर्‍याउने उहाँ नै हुनहुन्छ भन्‍ने कुरा उहाँले देखाउनुहुन्छ”

अनुवादका शब्‍दहरू