Door43-Catalog_ne_tn/rom/03/21.md

3.8 KiB

जोड्ने कथनः

यहाँ "तर" शब्दले देखाउँदछ कि पावलले आफ्नो परिचय पूरा गरिसकेका छन् र अब उनले आफ्नो मुख्य बिन्दु बनाउन थालेका छन् ।

अब

शब्द “अब” ले येशू यस पृथ्वीमा आउनु भएदेखिको समयलाई सङ्केत गर्छ ।

व्यवस्थाविना नै परमेश्‍वरको धर्मीकता प्रकट गरिएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले व्यवस्थालाई पालन नगरीकनै धार्मिक ठहरिनको निम्ति एउटा बाटो तयार गर्नुभएको छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यसलाई व्यवस्था र अगमवक्ताहरूद्वारा साक्षी दिइएको छ

पदावली “व्यवस्था र अगमवक्ताहरू” ले धर्मशास्‍त्रका केही भागहरूलाई जनाउँछन्, जुन मोशा र अगमवक्ताहरूले लेखेका हुन् र यी शब्दहरूले यहूदी धर्मशास्‍त्रलाई दर्शाउँछन्, जसलाई यहाँ अदालतमा साक्षी दिने व्यक्‍तिहरूको रूपमा वर्णन गरिएको छ । तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “र मोशा र अगमवक्ताहरूले लेखेका कुराहरूले यसलाई पुष्‍टि गर्छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

येशू ख्रीष्‍टमा विश्‍वासद्वारा आउने परमेश्‍वरको धार्मिकता हो

यहाँ "धार्मिकता" को अर्थ परमेश्वरसँग ठीक सम्बन्धमा हुनु हो । वैकल्‍पिक अनुवादः "येशू ख्रीष्‍टमा विश्वास गरेर परमेश्वरसँग ठीक सम्बन्धमा भएको" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

किनकि त्यहाँ कुनै भेदभाव छैन

परमेश्वरले सबै मानिसहरुलाई एउटै तरीकाले ग्रहण गर्नुहुन्छ भन्‍ने कुराको पावलले अर्थ दिन्छन । वैकल्‍पिक अनुवादः "यहूदीहरू र अन्यजातिका बीचमा कुनै भिन्नता छैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू