Door43-Catalog_ne_tn/rom/03/19.md

3.2 KiB

व्यवस्थाले जे भन्दछ … कै लागि भन्छ

यहाँ व्यवस्था जीवितै रहेको र यसको आफ्नै आवाज भएको जसरी पावलले बताउँछन् । वैकल्पिक अनुवादः “मानिसले गर्नुपर्छ भनेर व्यवस्थाले भनेका सबै कुरा ... कै निम्ति हो” वा “मोशाले व्यवस्थामा लेखेका सबै आज्ञा ...का निम्ति हुन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

जो व्यवस्थामुनि छन्

"ती जसले व्यवस्था पालन गर्नुपर्दछ"

हरेक मुख बन्द होस् भन्‍नाका लागि हो

यहाँ "मुख" एक प्रतिस्थापकीय शब्द हो जसको अर्थ मानिस बोल्ने शब्दहरू हुन् । तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “आफ्नो बचाउको निम्ति कुनै पनि मानिसले कुनै ठोस कुरा भन्‍न नसकून् भनेर” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

सारा संसार परमेश्वरप्रति जवाफदेही बनाइएको

यहाँ "संसार" एक प्रतिस्थापकीय शब्द हो जसले संसारमा बस्ने सबै मानिसहरूलाई प्रतिनिधित्व गर्दछ । वैकल्‍पिक अनुवादः "कि परमेश्वरले संसारमा सबैलाई दोषी घोषणा गर्न सक्नुहुन्छ !" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

शरीर

यहाँ "शरीर" ले सबै मानिसहरुलाई जनाउँछ ।

किनकि

सम्भाव्य अर्थहरू हुन्: (१) “अतः” वा (२) “यसैकारण”

व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ

“जब कसैले परमेश्‍वरको व्यवस्थालाई बुझ्छ, उसले स्वीकार गर्छ कि ऊ परमेश्‍वरको अगाडि धार्मिक छैन, तर पापी छ”

अनुवादका शब्‍दहरू