Door43-Catalog_ne_tn/rom/03/15.md

3.0 KiB

तिनीहरूका ... तिनीहरूका ... यी मानिसहरू ... तिनीहरूका

रोमी ३:९(./09.md) का “यहूदीहरू र ग्रिकहरू”

तिनीहरूका खुट्टा रगत बगाउनमा द्रूत छन्

यहाँ "खुट्टा" एक प्रतिस्थापकीय शब्द हो जसले मानिसहरू स्वयम्‌लाई प्रतिनिधित्व गर्दछ । शब्द "रगत" एउटा रूपक हो जसले मानिसहरूलाई मार्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूलाई हानि गर्न र मार्न तिनीहरू हतारमा छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

विनाश र कष्‍ट तिनीहरूका मार्गहरूमा छन्

यहाँ "विनाश र पीडित" प्रतिस्थापन हुन् जसले यी व्यक्तिहरूले अरूलाई दु: ख निम्त्याउने हानीलाई प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “तिनीहरू अरूहरूलाई नष्‍ट गर्न र तिनीहरूलाई कष्‍ट दिने प्रयास गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शान्तिको मार्ग

“अरूहरूसँग कसरी शान्तिपूर्ण रूपमा रहने ।” “मार्ग” भनेको बाटो वा पथ हो ।

तिनीहरूका आँखाको सामुन्‍ने परमेश्‍वरको डर छैन

यहाँ "डर" एक प्रतिस्थापन हो जसले परमेश्‍वरको लागि आदर र उहाँलाई सम्‍मान गर्न राजीखुशी हुने कुरालाई प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “परमेश्‍वर जुन आदरको योग्य हुनुहुन्छ, उहाँलाई त्यो आदर दिन सबै जनाले इन्कार गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

अनुवादका शब्‍दहरू