Door43-Catalog_ne_tn/rom/03/13.md

3.4 KiB

तिनीहरूको ... तिनीहरूको

रोमी ३:९(./09.md) का “यहूदीहरू र ग्रीकहरू”

तिनीहरूको घाँटी खुल्ला चिहान हो

पावलले यहाँ एउटा अलङ्कारको प्रयोग गरेका छन् जसको अर्थ हुन्छ, कि मानिसहरूले भन्‍ने सबै कुरा अधार्मिक र घिनलाग्दा छन् । यहाँ "खुला चिहान" एउटा रूपक हो जसले मानिसहरूका दुष्‍ट शब्दहरूको दुर्गन्धलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

तिनीहरूका जिब्राले छल गरेका छन्

शब्द "जिब्रोहरू" भनेको मानिसहरू बोल्ने झूटा शब्दहरूको लागि प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “मानिसहरू झुटा कुराहरू बोल्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

सर्पको विष तिनीहरूका ओठमुनि छ

यहाँ "सर्पको विष" एक रूपक हो जुन मानिसहरूले बोल्ने खराब शब्दहरूको ठूलो हानि प्रतिनिधित्व गर्न प्रयोग गरिन्छ । "ओठ" शब्दले मानिसका शब्दहरूलाई बुझाउँदछ । वैकल्‍पिक अनुवादः "तिनीहरूका दुष्ट शब्दहरूले मानिसलाई विषालु सर्पको विषले जस्तै चोट पुर्‍याउँछ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

तिनीहरूका मुख श्राप र तिक्तताले भरिएका छन्

यहाँ "मुख" एक प्रतिस्थापन हो जसले मानिसका नराम्रा शब्दहरूलाई प्रतिनिधित्व गर्दछ । शब्द "पूर्ण"ले मानिसहरूले कति धेरैपटक नराम्ररी बोल्छन् र श्राप दिन्छन् भन्‍ने कुरालाई अतिरञ्‍जित गर्छ । वैकल्‍पिक अनुवादः "तिनीहरू धेरैपटक श्रापहरू र क्रूर शब्दहरू बोल्दछन्" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-hyperbole]])

अनुवादका शब्‍दहरू