Door43-Catalog_ne_tn/rom/03/09.md

2.1 KiB

जोड्ने कथनः

सबै मानिस पापको दोषी छन्, कोही धर्मी छैन, र कसैले पनि परमेश्वरलाई खोज्दैन भनेर पावलले सारांश दिन्छन् दिए ।

त्यसो भए के त ? के हामी आफैँले आफ्‍नो सफाइ दिँदै छौँ ?

आफ्नो कुरालाई जोड दिन पावलले यी प्रश्‍नहरू सोध्छन् । वैकल्पिक अनुवादः “हामी यहूदीहरूले केवल यहूदी भएकै कारण परमेश्‍वरको न्यायबाट उम्कनेछौँ भनेर कल्पना गर्नुहुँदैन !” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

त्यसो होइन

यो अभिव्यक्‍ति साधारण “होइन” भन्‍ने अभिव्यक्‍तिभन्दा प्रबल छ, तर “हुँदै होइन !” भन्‍ने अभिव्यक्‍ति जत्तिकै भने प्रबल छैन ।

यो लेखिएको अनुसार हो

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "यो त्यस्तै हो जस्तो अगमवक्ताहरूले धर्मशास्‍त्रमा लेखेका छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू