Door43-Catalog_ne_tn/rom/03/07.md

2.6 KiB

तर यदि मेरो झुटद्वारा परमेश्‍वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त ?

यहाँ कसैले लगातार ख्रीष्‍टियान सुसमाचारलाई अस्वीकार गरेको कुरालाई पावलले कल्पना गर्दै छन्: उदाहरणको लागि, यदि त्यस विरोधीले झुट बोले तापनि न्यायको दिनमा पापी भनेर परमेश्‍वरले उसलाई घोषित गर्न हुँदैन भनेर उसले बहस गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

किन नभनौँ ... आउनु”?

त्यस काल्पनिक विरोधीको बहस कति अर्थहीन छ भनेर पुष्‍टि गर्न पावलले आफ्नै प्रश्‍न गर्दै छन् । वैकल्पिक अनुवादः “म पनि यो भन्‍न सक्छु कि ... आउनु !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हामीलाई झुटो रूपमा आरोप लगाइन्छ

“केही झुट बोल्नेहरूले हामीहरूले यस्तो भन्दै छौँ भनेर अरूहरूलाई भन्दै छन्”

तिनीहरूमाथिको न्याय उचित छ

पावलले सिकाइरहेका कुराहरूका बारेमा झुटो बोल्ने ती पावलका शत्रुहरूको जब परमेश्‍वरले निन्दा गर्नुहुन्छ, तब मात्र त्यो उचित हुन्छ ।

अनुवादका शब्‍दहरू