Door43-Catalog_ne_tn/rom/03/05.md

4.0 KiB

यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्‍न सक्छौँ र ? के हामी भन्न सक्दछौं कि परमेश्वर हामीमाथि आफ्नो क्रोध पोखाउनलाई अधर्मी हुनुहुन्छ ?

केही व्यक्तिहरू के बहस गर्दै थिए भन्ने कुरा प्रस्तुत गर्न र आफ्ना पाठकहरूलाई यो तर्क सत्य छ कि छैन भनेर सोच्नको लागि पावलले यी प्रश्नहरू प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “किनकि हाम्रो अधार्मिकताले परमेश्‍वर धार्मिक हुनुहुन्छ भन्‍ने कुरालाई प्रकट गर्ने भएको कारण, जब उहाँ हामीलाई दण्ड दिनुहुन्छ तब परमेश्वर अधर्मी हुनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

उहाँको क्रोध हामीमाथि ल्याउन

यहाँ "क्रोध" सजाय को लागि एक प्रतिस्थापन हो । वैकल्‍पिक अनुवादः "हामी माथि उहाँको सजाय ल्याउन" वा "हामीलाई सजाय दिन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

म मानवीय तर्कअनुसार बोलिरहेको छु

"केही मानिसहरू के भन्छन् म यहाँ त्यही भनिरहेछु" वा "केही मानिसहरूले यसो भन्छन्"

यस्तो कहिल्यै नहोस्

"परमेश्वर अधर्मी हुनुहुन्छ भनेर हामीले कहिल्यै भन्‍नुहुँदैन"

परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ ?

ख्रीष्‍टियान सुसमाचारको विरुद्धमा भएका सबै बहस अर्थहीन हुन् भनेर पुष्‍टि गर्न पावलले यस आलङ्कारिक प्रश्‍नको प्रयोग गरेका छन् । किनकि परमेश्‍वरले सबै मानिसको न्याय गर्न सक्‍नुहुन्छ र गर्नुहुनेछ भन्‍ने कुरा सबै यहूदीले विश्‍वास गर्छन् । वैकल्पिक अनुवादः “र हामी सबैलाई यो थाहा छ कि परमेश्‍वरले वास्तवमा यस संसारको न्याय गर्नुहुनेछ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

संसार

"संसार" भनेको संसारमा बस्‍ने मानिसहरूको लागि एउटा प्रतिस्थापन हो । वैकल्‍पिक अनुवादः "संसारमा भएको कोही पनि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू