Door43-Catalog_ne_tn/rom/03/03.md

4.7 KiB

केही यहूदीहरू विनाविश्‍वासका भए भन्दैमा के भयो त ? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्यतालाई अमान्य तुल्याउँछ र ?

पावलले मानिसहरूले विचार गरून् भनेर यी आलङ्कारिक प्रश्‍नहरू प्रयोग गर्दै छन् । वैकल्‍पिक अनुवादः "केही यहूदीहरू परमेश्वरप्रति विश्‍वासयोग्य रहेनन् । के हामीले यसबाट निष्कर्ष निकाल्नु पर्छ कि परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्न?" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

कहिल्यै यस्तो नहोस्

यस अभिव्यक्‍तिले यस्तो हुन सक्छ भन्‍ने कुरालाई कडा रूपमा अस्वीकार गर्छ । तपार्इंले यहाँ प्रयोग गर्न सक्‍नुहुने तपार्इंको भाषामा पनि यस्तै वाक्य हुन सक्छ । वैकल्पिक अनुवादः “यो सम्भव छैन” वा “निश्‍चय नै होइन”

यसको सट्टा

“यसको साटोमा हामीले यस्तो भन्‍नुपर्छ”

परमेश्वरप सत्य हुनुभएको होस्

परमेश्वर सधैं सत्य हुनुहुन्छ र आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः "परमेश्वरले सधैं आफूले प्रतिज्ञा गरेको कुरा गर्नुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हरेक मानिस झूटा भएतापनि

यहाँ "हरेक" र "झूटा" भन्ने शब्दहरू अतिरञ्‍जन हुन् जसलाई परमेश्वर मात्र आफ्ना प्रतिज्ञाहरूमा सधैं सत्य हुनुहुन्छ भनेर जोड दिनलाई बताइएको छ । वैकल्‍पिक अनुवादः "यदि हरेक मानिस झूटा भए पनि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

यस्तो लेखिएको छ

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले जे भनिरहेको छु, त्यो कुरामा यहूदी धर्मशास्‍त्र पनि सहमत हुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

कि तिमी आफ्नो वचनहरूमा धर्मी देखिन सक, र तिमी न्याय आउँदा विजयी हुन सक

यी दुई वाक्यांशहरूको एकदम मिल्दो अर्थहरू छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "सबैले स्वीकार्नु पर्छ कि तिमीले भनेको कुरा सत्य हो, र तिमीले जहिले तिम्रो मुद्दा जित्नेछौ जब पनि कसैले तिमीलाई दोष लगाउँछ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनुवादका शब्‍दहरू