Door43-Catalog_ne_tn/rom/03/01.md

3.3 KiB

जोड्ने कथनः

यहूदीहरूलाई हुने लाभहरूको बारेमा पावल घोषणा गर्दछन् किनकि परमेश्वरले उनीहरूलाई उहाँको व्यवस्था दिनुभयो ।

त्यसो भए यहूदीलाई के फाइदा छ त ? अनि खतनाको के फाइदा छ त ?

उनले अध्याय २ मा लेखेका कुरा सुनेपछि मानिसहरूले विचार गर्नुपर्ने धारणाहरूलाई पावल प्रस्तुत गर्दछन् । पद २ मा तिनीहरूलाई जवाफ दिन उनले यसो गर्छन् । वैकल्‍पिक अनुवादः "कोही मानिसहरूले भन्लान्, 'त्यसोभए यहूदीलाई के फाइदा हुन्छ र? खतनाबाट के फाइदा हुन्छ?'" वा "केही मानिसहरूले भन्न सक्दछन्, 'यदि यो सत्य हो भने यहूदीहरूलाई केही फाइदा हुँदैन, र खतना गर्नुमा कुनै फाइदा छैन ।" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-rquestion]])

यो … महान् छ

पावल अब पद १ ल्याइएका विचारहरूलाई जवाफ दिन्छन् । यहाँ "यसले" यहूदी समुदायको सदस्य हुनुलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यसमा धेरै लाभ छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

सर्वप्रथम

सम्भावित अर्थहरु हुन् १) “समयको क्रममा पहिलो” वा २) “निश्‍चय नै” (युडीबी हेर्नुहोस्) ३) “सबैभन्दा महत्त्वपूर्ण रूपमा”

यहूदीहरूलाई परमेश्वरबाट प्रकट भएको जिम्मेवारी सुम्पिएको थियो

यहाँ "प्रकाश" ले परमेश्वरको वचन र प्रतिज्ञाहरूलाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "परमेश्वरले आफ्ना वचनहरू यहूदीहरूलाई दिनुभयो जसमा उहाँका प्रतिज्ञाहरू छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू