Door43-Catalog_ne_tn/rom/02/23.md

2.4 KiB

तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्वका साथ रमाउँछौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ ?

पावलले आफ्ना श्रोतागणलाई डाँट्न प्रश्‍नको प्रयोग गरेका छन् । तपाईं यसलाई एक कडा कथनको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमी व्यवस्थामा गौरवान्वित भएको दाबी गर्छौ, तर तिमी त्यसलाई उल्लङ्घन पनि गर्छौ र परमेश्‍वरलाई शर्ममा पार्छौ जुन घृणास्पद कुरो हो ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

गैरयहूदीहरूका माझमा परमेश्‍वरको नाउँको अनादर भएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका घृणास्पद कार्यहरूले गैरयहूदीहरूको मनस्थितिमा परमेश्‍वरलाई कलङ्‌कित पारेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

परमेश्‍वरको नाउँ

शब्द “नाउँ”ले परमेश्‍वरको नाउँलाई मात्र नभई परमेश्‍वरको सम्पूर्णतालाई सङ्केत गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू