Door43-Catalog_ne_tn/rom/02/13.md

3.5 KiB

जोड्ने कथनः

पावलले पाठकलाई थाहा दिन जारी राख्छन् कि परमेश्वरको व्यवस्था कहिल्यै नहुनेहरूका लागि पनि परमेश्वरको व्यवस्थाको पूर्ण आज्ञाकारिता आवश्यक छ ।

किनकि

पद १४ र १५ ले पाठकलाई अतिरिक्‍त सन्देश दिनको निम्ति पावलले व्याख्या गरेको मुख्य बहसलाई हस्तक्षेप गरेको कुरालाई सङ्केत गर्ने तरिका तपार्इंको भाषामा छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।

व्यवस्था सुन्‍नेहरू होइनन्

यहाँ "व्यवस्था" को अर्थ मोशाको व्यवस्था हो । वैकल्पिक अनुवादः “मोशाको व्यवस्था सुन्‍नेहरू मात्र होइनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वरको सामु धर्मी ठहरिनेहरू

"जसलाई परमेश्वरले धर्मी ठान्नुहुन्छ"

तर व्यवस्था पालन गर्नेहरू

“तर तिनीहरू ती हुन् जसले मोशाको व्यवस्था पालन गर्छन्”

धर्मी ठहरिनेछन्

यसलाई कर्तृ वाच्यको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले स्वीकार गर्नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अन्यजातिहरू, तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन्

"आफ्‍नै निम्ति व्यवस्था" भन्ने वाक्यांश एउटा उपमा हो जसको मतलब हो कि यी मानिसहरूले स्वाभाविक रूपमा परमेश्वरको व्यवस्था पालन गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरूभित्रै परमेश्‍वरको व्यवस्था छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिनीहरूसँग व्यवस्था छैन

यहाँ "व्यवस्था"ले मोशाको व्यवस्थालाई जनाउँछ । वैकल्‍पिक अनुवादः "उनीहरूसँग वास्तवमै व्यवस्था छैन जुन परमेश्वरले मोशालाई दिनुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू