Door43-Catalog_ne_tn/rom/02/10.md

4.1 KiB

तर प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ

“तर परमेश्‍वरले प्रशंसा, सम्मान, र शान्ति दिनुहुनेछ”

असल काम गर्नेहरू

“जे असल छ त्यही निरन्तर गर्नेहरू”

पहिले यहूदी र त्‍यसपछि ग्रीकहरूमाथि

“परमेश्‍वरले पहिले यहूदी मानिसहरूलाई इनाम दिनुहुन्छ, र त्यसपछि गैरयहूदीहरूलाई”

पहिले

तपार्इंले रोमी २:९ मा गरे जस्तै गरी अनुवाद गर्नुपर्छ ।(./08.md)

किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न

तपाईंले यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्‍वरले सबै मानिसलाई समान रूपमा व्यवहार गर्नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

किनकि जतिले ... पाप गरेका छन्

“किनकि जसले पाप गरेका छन्”

व्यवस्थाविना ... तिनीहरू व्यवस्था विना नै नष्‍ट हुनेछन्

तिनीहरूलाई मोशाको व्यवस्था थाहा छ कि छैन भन्‍ने कुराले कुनै फरक पार्दैन भन्‍ने तथ्यलाई जोड दिन पावलले “व्यवस्थाविना” भन्‍ने शब्दहरूलाई दोहोर्‍याएका हुन् । यदि तिनीहरूले पाप गर्छन् भने, परमेश्‍वरले तिनीहरूको इन्साफ गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मोशाको व्यवस्थाबारे अजान भए तापनि तिनीहरू निश्‍चय नै आत्मिक रूपमा मर्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

र सबै जतिले ... पाप गरेका छन्

“र सबै जसले पाप गरेका छन्”

व्यवस्थाप्रति ... तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन्

परमेश्वरले पापी मानिसहरूलाई उहाँको व्यवस्था अनुसार न्याय गर्नुहुनेछ । तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “र जसलाई मोशाको व्यवस्थाको ज्ञान छ, परमेश्‍वरले तिनीहरूलाई मोशाको व्यवस्थाद्वारा नै न्याय गर्नुहुनेछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनुवादका शब्‍दहरू