Door43-Catalog_ne_tn/rom/02/05.md

4.8 KiB

जोड्ने कथनः

सबै मानिसहरू पापी छन् भनेर पावलले मानिसहरूलाई सम्झाउन निरन्तरता दिन्छन् ।

तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण

पावलले उसलाई ढुङ्गाजस्तै कुनै कठोर मानिससँग तुलना गर्दै छन् जसले परमेश्‍वरलाई सुन्‍न इन्कार गर्छ । हृदयले पुरै मानिसको प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “यो यस कारणले हो किनभने तिमी सुन्‍न र पश्‍चात्ताप गर्न इन्कार गर्छौ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

कठोर र अपश्‍चात्तापी हृदय

यो एक जोडि शब्द हो जसलाई तपाईं "अपश्‍चात्तापी हृदय" को रूपमा संयोजन गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

तिमीहरूले … क्रोध थुपारिरहेका छौ

क्रियापद “थुपारिरहेका छौ” ले सामान्यतया त्यो व्यक्‍तिलाई जनाउँछ जसले आफ्नो सम्पत्ति सञ्‍चित गरी एउटा सुरक्षित ठाउँमा लगेर जम्मा गर्छ । पावल भन्छन्, कि त्यो व्यक्‍तिले सम्पत्ति होइन, परमेश्‍वरको सजाय जम्मा गर्दै छ । जति लामो समय त्यसले पश्‍चात्ताप गर्दैन, त्यति नै कठोर सजाय हुन्छ । वैकल्पिक अनुवादः “तिमीले आफ्नो सजायलाई अझै कठोर बनाउँदै छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिन

यी दुवैले एउटै दिनलाई सङ्केत गर्छन् । वैकल्पिक अनुवादः “जब परमेश्‍वरले सबैलाई उहाँ क्रोधित हुनुहुन्छ र उहाँले सबै मानिसलाई उचित रूपमा न्याय गर्नुहुन्छ भनेर देखाउनुहुन्छ” (हेर्नुहोस् युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

नापअनुसार दिनुहुनेछः

“उचित इनाम वा दण्ड दिनुहुनेछ”

हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार

“हरेक मानिसलाई उसले गरेको कामअनुसार”

खोजी गर्ने

यसको अर्थ यो हो कि तिनीहरू यस्तो तरिकामा व्यवहार गर्छन् जसले न्यायको दिनमा परमेश्‍वरबाट सकारात्मक निर्णय ल्याउँछ ।

प्रशंसा, इज्‍जत र अमरत्व

परमेश्‍वरले तिनीहरूको प्रशंसा र सम्मान गरेको तिनीहरू चाहन्छन्, र तिनीहरू कहिल्यै मर्न चाहँदैनन् ।

अमरत्व

यसले नैतिक होइन, शारीरिक क्षयलाई जनाउँछ ।

अनुवादका शब्‍दहरू