Door43-Catalog_ne_tn/rev/front/intro.md

20 KiB

प्रकाशको परिचय

भाग १: सामान्य परिचय

प्रकाशको पुस्तकको रूपरेखा

१. सुरुवात (१:१-२०) १. सात मण्‍डलीहरूलाई पत्रहरू (२:१-३:२२) १. स्वर्गमा हुनुभएको परमेश्‍वरको दर्शन, र थुमाको दर्शन (४:१-११) १. सात मोहोरहरू (६:१-८:१) १. सात तुरहीहरू (८:२-१३:१८) १. थुमाको आराधना गर्नेहरू, शहीदहरू, क्रोधको कटनी (१४:१-२०) १. सात कचौराहरू (१५:१-१८:२४) १. स्वर्गमा आराधना (१९:१-१०) १. थुमाको न्याय, पशुको विनाश, हजार वर्ष, शैतानको विनाश, र अन्तिम इन्साफ (२०:११-१५) १. नयाँ सृष्‍टि, नयाँ येरूशलेम (२१:१-२२:५) १. पुनरागमनको लागि येशूको प्रतिज्ञा, स्वर्गदूतहरूबाटको साक्षी, समापनका लागि यूहन्‍ना केही शब्दहरू, उहाँको मण्‍डलीको लागि ख्रीष्‍टको सन्देश, निमन्‍त्रणा र चेतावनी (२२:६-२१)

प्रकाशको पुस्तक केको बारेमा हो ?

प्रकाशले “अन्तको समय”को बारेमा कुरा गर्छ । धेरै टिप्‍पणीकारहरूले यसलाई ख्रीष्‍टिएन मण्‍डलीको सम्‍पूर्ण अवधि भनेर बुझ्‍छन्, किनभने यसलाई सधैँ आक्रमण गरिएको छ । अन्य उल्था गर्नेहरूले प्रकाशको विवरणलाई पृथ्‍वीमा ख्रीष्‍टको पुनरागमनको नजिकै भएको अझ बढी सीमित समयावधिसँग सम्बन्धित रहेको कुरा भनेर बुझ्‍छन् । जहाँनिर केही पुस्तकहरूले मण्‍डलीहरूलाई अगमवाणीका खास वचनहरू दिन्छन्, यो पुस्तकमा वर्णन गरिएका प्रायजसो घटनाहरूले सृष्‍टिमा खनाइएको परमेश्‍वरको क्रोधसँग मतलब राख्छन् । यो समयमा, ख्रीष्‍टविरोधीको विद्रोह सात वर्षको अवधिभर निस्किनेछ । अन्ततः येशू विजयी हुनुहुनेछ, र उहाँमा भरोसा राख्‍नेहरू उहाँसँग सदाको लागि जिउनेछन् । यस पुस्तकले यसका पाठकहरूलाई चेतावनी दिन्छ परमेश्‍वरले सबैकुराहरू नियन्‍त्रण गर्नुहुन्छ भनेर तिनीहरूलाई विश्‍वस्त बनाउँछ । अन्ततः दुष्‍टता र पापको अन्त्य हुनेछ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/prophet]], [[rc:///tw/dict/bible/kt/evil]] अनि rc://*/tw/dict/bible/kt/sin)

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “प्रकाश” वा “येशू ख्रीष्‍टको प्रकाश” वा “सन्त यूहन्‍नालाई भएको प्रकाश” वा “यूहन्‍नाले बताएको संसारको अन्तिम सर्वनाश” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले भन्‍न सम्भव भएको अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “येशू ख्रीष्‍टले यूहन्‍नालाई देखाउनुभएका कुराहरू ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

प्रकाशको पुस्तक कसले लेखे ?

प्रकाशको पुस्तक सम्भवतः प्रेरित यूहन्‍नाद्वारा लेखिएको थियो । उनले प्रकाशको पुस्तक पत्मोसको टापूमा हुँदा लेखे, जहाँ उनी येशू ख्रीष्‍टको सुसन्देश प्रचार गरेको कारण निर्वासनमा पठाइएका थिए ।

प्रकाशको पुस्तक कस्तो प्रकारको लेखन हो ?

यूहन्‍नाले उनले देखेका कुराहरू वर्णन गर्नलाई धेरै चित्रणहरूको प्रयोग गर्छन् । उनले एउटा विशेष शैलीको प्रयोग गर्छन् जुन खासगरी यस संसारको अन्तको बारेमा बताउँदा प्रयोग गरिन्छ । त्यस प्रकारको लेखनमा सामान्यतया धेरै चिन्हहरू र अन्य घटनाहरूको प्रतीकात्मक रहेका घटनाहरू, साथै धेरै सपनाहरू र दर्शनहरू दिइएका हुन्छन् ।

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

प्रकाशका घटनाहरू विगतका हुन् वा भविष्‍यका हुन् ?

प्रकाशको पुस्तकको बारेमा विद्वानहरूसँग थुप्रै विभिन्‍न सिद्धान्तहरू छन् । केहीले पुस्तकका घटनाहरूलाई चिन्हहरूका रूपमा लिन्छन् भने केहीले चाहिँ सन् ७० मा यहूदी मन्दिरको विध्‍वंशद्वारा तिनीहरूलाई पूरा भइसकेको (कम्तीमा पनि आंशिक रूपमा) कुराको रूपमा लिन्छन् । अरूहरूले विश्‍वास गर्छन् कि यो पुस्तकका घटनाहरू नितान्त रूपमा भविष्‍यमा घट्ने कुराहरू हुन् । यो सम्भाव्य छ कि कम्तीमा पनि धेरैजसो घटनाहरू अझै पनि भविष्‍यमा पूर्ति हुनका लागि छन्, र यी अगमवाणीहरू विगतमा कुनै पनि रूपले पूरा हुन गएको कुरा कि त आंशिक थियो वा अन्ततः के हुनेछ भनेर गरिएको पूर्व चित्रण थियो । यदि यसलाई लक्षित भाषाको छनोटहरूद्वारा स्वीकृत हुन्छ भने, अनुवादकले अगमवाणीहरूलाई यूएलबीमा जुन कालमा लेखिएको छ त्यसैमा छोड्नुपर्छ ।

प्रकाशको पुस्तक बाँकीको धर्मशास्‍त्रसँग कसरी सम्बन्धित हुन्छ ?

हुन त प्रकाशको पुस्तक बाँकीको धर्मशास्‍त्रभन्दा धेरै फरक छ, त्यसले अन्तको समयको बारेमा भएको पुरानो करारको समझदारीमा जरा गाडेको छ । प्रकाश, दानिएल, इजकिएल, जकरिया र अरू केही पुस्तकहरू सबै विषयगत रूपमा एक अर्कासँग सम्बन्धित छन्; तिनीहरूले अन्तका समयहरूको बारेमा एकसाथ जोडिएको विवरण बनाउँछन् । तिनीहरूको साझा चित्रण र पृष्‍ठभूमिको कारण, कोही व्यक्तिले दानिएलको पुस्तकलाई अनुवाद गरिरहेकै समयमा प्रकाशको पुस्तकको पनि अनुवाद गर्दा फाइदाजनक हुन सक्छ ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

के कोही व्यक्तिले प्रकाशको पुस्तकलाई अनुवाद गर्न त्यसलाई बुझ्‍न आवश्‍यक छ ?

प्रकाशको पुस्तकको ठीकसँग अनुवाद गर्नलाई कोही व्यक्तिसँग प्रकाशको पुस्तकको ईश्‍वरशास्‍त्रको निश्‍चित बुझाइ हुन आवश्‍यक छैन । चिन्हहरूलाई तिनीहरूको अर्थहरूको लागि केही सम्भाव्य पहिचान दिइनुहुँदैन । त्यही कुरा सङ्ख्याहरूको लागि पनि लागु हुन्छ, जसको प्रकाशको पुस्तकमा ठूलो महत्त्व छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-apocalypticwriting)

“पवित्र” र “शुद्ध पार्नु” जस्ता अवधारणाहरूलाई प्रकाशको पुस्तकको यूएलबीमा कसरी प्रतिनिधित्व गरिएको छ ?

धर्मशास्‍त्रले विभिन्‍न अवधारणाहरूमध्ये कुनै एकलाई सङ्केत गर्न यस्ता शब्दहरूको प्रयोग गर्छ । यसैकारण, अनुवादकलाई कतिपटक ती कुराहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न कठिन हुन जान्छ । अङ्ग्रेजीमा अनुवाद गर्दा, प्रकाशको पुस्तकको यूएलबीले निम्‍न सिद्धान्तहरूको प्रयोग गर्छः

  • एउटा खण्‍डमा, सन्दर्भले मुख्यगरी नैतिक पवित्रताको अर्थ दिन्छ । यहाँ, यूएलबीले “पवित्र” प्रयोग गर्छ । (हेर्नुहोस्ः २२:११)
  • सामान्यतया प्रकाशमा दिइएको सन्दर्भले ख्रीष्‍टिएनहरूले निभाएका कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्‍लेखलाई सङ्केत गरेको हुन्छ । यस्ता खण्‍डहरूमा, प्रकाशको पुस्तकको यूएलबीले “विश्‍वासी” वा “विश्‍वासीहरू”को प्रयोग गर्छ । (हेर्नुहोस्ः ५:८; ८:३, ४; ११:१८; १३:७; १४:१२; १६:६; १७:६; १८:२०, २४; १९:८; २०:९)

जसै अनुवादकहरूले यी अवधारणाहरूलाई तिनीहरूका आफ्नै संस्करणहरूमा कसरी प्रतिनिधित्व गर्ने भनेर सोच्‍छन्, यूएलबीमा गरिएका छनोटहरूद्वारा तिनीहरूलाई धेरैपटक सहयोग हुन सक्छ ।

प्रकाशको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?

प्रकाशको पुस्तकमा भएका पाठ्यसामग्रीसँग सम्बन्धित सबैभन्दा महत्त्वपूर्ण विषयहरू निम्‍नानुसार छन्ः

  • “‘अल्फा र ओमेगा म नै हुँ’, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, ‘सर्वशक्तिमान्, जो हुनुहुन्छ, र जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ’” (१:८) । यूएलबी, यूडिबी, र अधिकांश नयाँ संस्करणहरूमा यसरी भनिएको छ । केही संस्करणहरूले “सुरु र अन्त” भन्‍ने पदावली थप्‍छन् ।
  • “धर्मगुरूहरू घोप्‍टो परे र आराधना गरे” (५:१४) । यूएलबी, यूडिबी, र अधिकांश नयाँ संस्करणहरूमा यसरी भनिएको छ । केही पुराना संस्करणहरूमा यसरी छ, “धर्मगुरूहरू घोप्‍टो परे र सदासर्वदा जीवित हुनुहुनेलाई आराधना गरे ।”
  • “त्यसैले त्यसको (पृथ्‍वीको) एक तिहाइ जलिहाल्यो” (८:७) । यूएलबी, यूडिबी, र अधिकांश नयाँ संस्करणहरूमा यसरी भनिएको छ । केही पुराना संस्करणहरूले यो पदावलीलाई हटाउँछन् ।
  • केही पाण्‍डुलिपिहरूले “र जो आउनेछ” भन्‍ने पदावली थप्‍छन् (११:१७) । तर यूएलबी, यूडिबी, र अधिकांश नयाँ संस्करणहरूले थप्‍दैनन् ।
  • केही पाण्‍डुलिपिहरूले “परमेश्‍वरको सिंहासन अगाडि” भन्‍ने पदावली थप्‍छन् (१४:५) । तर यूएलबी, यूडिबी, र अधिकांश नयाँ संस्करणहरूले थप्‍दैनन् ।
  • “पवित्र जन, जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो” (यूएलबी) (१६:५) । यूएलबी, यूडिबी, र अधिकांश नयाँ संस्करणहरूमा यसरी भनिएको छ । केही पुराना पाण्‍डुलिपिहरूमा यसरी भनिएको छ, “हे प्रभु, तपाईं जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो र जो हुन आउनुहनेछ ।”
  • “जातिहरू त्यस सहरको ज्योतिमा हिँड्नेछन्” (२१:२४) । यूएलबी, यूडिबी, र अधिकांश नयाँ संस्करणहरूमा यसरी भनिएको छ । केही पुराना पाण्‍डुलिपिहरूमा यसरी भनिएको छ, “उद्धार पाएका जातिहरू त्यस सहरको ज्योतिमा हिँड्नेछन् ।”
  • “धन्यका हुन् तिनीहरू जसले आफ्‍ना वस्‍त्रहरू धुन्छन्” (२२:१४) । यूएलबी, यूडिबी, र अधिकांश नयाँ संस्करणहरूमा यसरी भनिएको छ । केही पुराना पाण्‍डुलिपिहरूमा यसरी भनिएको छ, “उहाँका आज्ञाहरू गर्नेहरू धन्यका हुन् ।”
  • “परमेश्‍वरले जीवनको रूख र पवित्र सहरमा भएको उसको हिस्‍सा लैजानुहुनेछ” (२२:१९) । यूएलबी, यूडिबी, र अधिकांश नयाँ संस्करणहरूमा यसरी भनिएको छ । केही पुराना पाण्‍डुलिपिहरूमा यसरी भनिएको छ, “परमेश्‍वरले जीवनको पुस्तक र पवित्र सहरमा भएको उसको हिस्‍सा लैजानुहुनेछ ।”

(हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-textvariants)

समयका अवधिहरू

प्रकाशमा थुप्रै विभिन्‍न समयका अवधिहरूलाई उल्‍लेख गरिएको छ । उदाहरणको लागि, त्यहाँ बयालीस महिना, सात वर्ष, र साँढे तीन दिनको थुप्रै उल्‍लेख छ । यी समयका अवधिहरू प्रतीकात्मक हुन् वा होइनन् भन्‍ने कुरामा विद्वानहरू विभाजित छन् । अनुवादकले यी समयका अवधिहरूलाई वास्तविक समयका अवधिहरूलाई जनाएको जसरी लिनुपर्छ । त्यसपछि यिनीहरूको महत्त्व वा तिनीहरूले कसलाई प्रतिनिधित्व गर्छन् भन्‍ने कुरा निर्धारण गर्ने कुरा उल्था गर्ने व्यक्तिमा जान्छ । यो पनि सम्भाव्य छ कि यी समयावधिहरूले प्रकाशको पुस्तकलाई केही समग्र संरचना प्रदान गर्छन्, तर यी घटनाहरूको ठ्याक्‍कै मिल्‍ने कालक्रमलाई निर्धारण गर्न धेरै कठिन छ ।