Door43-Catalog_ne_tn/rev/09/03.md

3.6 KiB

सलहहरू

ठूला समूहहरूमा सँगै उड्ने कीराहरू । मानिसहरू उनीहरूसँग डराउँछन् किनकि तिनीहरूले बगैंचामा र रूखहरूमा सबै पातहरू खान सक्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

बिच्छीको जस्तै शक्ति

बिच्छीहरु संग अन्य जनावरहरु र मानिसहरुलाई डस्ने र विष हाल्ने क्षमता छ । वैकल्‍पिक अनुवादः "बिच्छीहरूले गरे झैं मानिसहरुलाई डस्ने क्षमता" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

बिच्छीहरू

तिनीहरूको पुच्छरमा विषाक्त डस्ने कुराको साथ साना कीराहरू । तिनीहरूको डसाइ एकदम दर्दनाक छ र दुखाइ लामो समयसम्म रहन्छ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

तिनीहरूलाई पृथ्वीमा घाँस वा कुनै हरियो बोट वा रूखमा क्षति नगर्न भनिएको थियो

साधारण सलहहरु मानिसहरुका लागी एक डरलाग्दो खतरा थिए किनकि जब तिनीहरु झुण्डिन्छन्, तिनीहरुले सबै घाँसहरु र सबै पातहरु बोटहरु र रूखहरु मा खान सक्छन् । यी सलहहरूलाई यो नगर्न भनिएको थियो ।

तर केवल मानिसहरू

"क्षति पुर्‍याउनु" वा "हानी पुर्‍याउनु" वाक्यांश बुझियो। वैकल्‍पिक अनुवादः "तर केवल मानिसहरुलाई हानी पुर्‍याउन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

परमेश्‍वरको मोहोर

यहाँ "मोहोर" शब्दले एक औजारलाई जनाउँछ जुन एक मोमको मोहरमा छाप्न प्रयोग गरिन्छ । यस अवस्थामा उपकरणलाई परमेश्वरका जनहरूमाथि छाप पार्न प्रयोग गरिन्थ्यो । तपाईंले "मोहोर"लाई प्रकाश ७:३ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "परमेश्वरको चिन्ह लगाउने उपकरण" वा "परमेश्‍वरको छाप" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

निधारहरू

निधार अनुहार को माथि हुन्छ, आँखामाथि ।

अनुवादका शब्दहरू