Door43-Catalog_ne_tn/rev/08/08.md

2.1 KiB

दोस्रो स्वर्गदूत

"अर्को स्वर्गदूत" वा "स्वर्गदूत सङ्ख्या दुई" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

आगोले जलाएको एक विशाल पहाड जस्तो केही फ्याँकियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "त्यो स्वर्गदूतले आगोमा भस्म भएको ठूलो पर्वत जस्तो चीज फ्याँक्यो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

समुद्रको एक तिहाइ रगत भयो

अंश "एक तिहाइ"लाई अनुवादमा वर्णन गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "यो यस्तो थियो कि समुद्रलाई तीन भागमा विभाजन गरिएको थियो, र ती मध्ये एउटा भाग रगत भयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-fraction)

रगत भयो

सम्भावित अर्थहरू यो होः १) "रगत जस्तो रातो भयो" वा २) वास्तवमै रगत भयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

समुद्रमा भएका जीवित प्राणीहरू

"समुद्रमा बस्ने चीजहरू" वा "माछा र समुद्रमा बस्ने अन्य जनावरहरू"

अनुवादका शब्दहरू