Door43-Catalog_ne_tn/rev/03/17.md

2.9 KiB

तिमीहरू सबैभन्दा दयनीय, टीठलाग्दो,​गरीब, अन्धा र नाङ्गै छौ

येशू तिनीहरूको आत्मिक अवस्थाको बारेमा बोल्नुहुन्छ मानौँ उहाँ उनीहरूको शारीरिक अवस्थाको बारेमा कुरा गर्दै हुनुहुन्छ । वैकल्‍पिक अनुवादः "तिमीहरू त्यस्ता व्यक्ति जस्तो छौ जो धेरै दयनीय, टीठलाग्दो,​गरीब, अन्धा र नाङ्गा हुन्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मबाट आगोमा खारिएको सुन किन

आगोमा परिष्कृत सुन शुद्ध र अत्यन्त मूल्यवान छ । यहाँ येशूले मानिसजातिलाई प्रदान गर्नुभएको मुक्ति भनेको सुन जत्तिकै हो भनेर बताइएको छ । वैकल्‍पिक अनुवादः "मबाट साँच्चिकै मूल्यवान् चीज प्राप्‍त गर, मानौं यो आगोले परिष्कृत सुनको हो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

धनी हुन सक्छ

यसले आत्मिक सम्पत्तिलाई जनाउँछ, परमेश्वरको नजरमा सबैभन्दा मूल्यवान् जीवन । वैकल्‍पिक अनुवादः "आत्मिक तवरले धनी हुन सक्छ" वा "एक बहुमूल्य जीवन जिउन सक्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शानदार सेतो वस्त्रहरू

सेतो वस्त्रले धार्मिकतालाई प्रतिनिधित्व गर्दछ। वैकल्‍पिक अनुवादः "धार्मिकता, सेतो वस्त्र जस्तो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

कि तिमीले देख्‍नेछौ

देख्‍नुले सत्यतालाई बुझ्ने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू